तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सर्वसाधारण चिनियाँद्वारा सन् २०२० मा आफ्ना इच्छा र अपेक्षाबारे बयान

2020-01-01 17:21:48

    सन् २०२० मा चीनले चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा गर्नेछ। नयाँ लक्ष्य र नयाँ शुरुवातमा चिनियाँहरुले नयाँ ऐतिहासिक महाकार्यका लागि अथक प्रयास गरिरहेका छन्। नयाँ वर्षमा करिब एक अर्ब चालीस करोड चिनियाँको आफ्ना इच्छा तथा अपेक्षा छन्। चिनियाँहरुले मातृभूमि अझै शक्तिशाली बनोस् र चिनियाँ जनतामा अझै आत्वविश्वास र अझै सुख प्राप्त होस् भन्ने भावना राखेका छन्।

    सन् २०२० चिनियाँ इन्टरनेट प्रयोगकर्ताका लागि एउटा रोमान्टिक उच्चारण बनेको छ, “तिमीलाई माया तिमीलाई माया”।

    नयाँ वर्षको अवधिमा चिनियाँहरुले रेलबाट यात्रा गर्न अझ सुविधाजनक मानेर खुसीयाली खबर थाहा पाएका छन्। सन् २०२० को बसन्त चाडको यातायात अवधिमा इलेक्ट्रोनिक टिकटले आधारभूत रुपमा समस्त चीनको एक्स्प्रेस रेलमा लागू हुनेछ। रेलका यात्रुहरुले कागजी टिकटको सट्टामा आइडी कार्डबाट रेल चढ्न पाउनेछन्।

    सन् २०२० मा विश्वको सबैभन्दा ठूलो विकासशील मुलुक तथा सबैभन्दा बढी जनसंख्या भएको मुलुकको रुपमा चीनले समुल रुपमा गरिबी निवारण गर्नेछ।

    नयाँ वर्षमा ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद जापानको टोकियोमा आयोजना हुँदैछ। चिनियाँ खेलाडीहरुले ओलम्पिक खेलकुदमा कोशिश गर्नेछन्। एक जना महिला फाङ च श्वेनले उनीहरुलाई शुभकामना व्यक्त गर्दै भनेकी छिन्, सन् २०२०मा टोकियो ओलम्पिक खेलकुदको आयोजना हुनेछ। चिनियाँ खेलाडीहरुले उत्कृष्ट उपलव्धि हासिल गर्नसकून् भन्ने आशा मैले गरेकी छु। चिनियाँ सपना भनेको प्रत्येक चिनियाँको सपना हो। नयाँ वर्ष हरेक व्यक्तिहरुको युग भएको मान्यता चिनियाँहरुले गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान