तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०२० का अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशकको शुभकामना सन्देश

2020-01-01 16:40:07

सन् २०२० का अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशकको शुभकामना सन्देश

    सन् २०२० को जनवरी १ तारिख चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र नेटवर्कमार्फत विश्वका विदेशी श्रोता र इन्टरनेट प्रयोगकर्तालाई शुभकामना सन्देश दिनुभएको छ। उहाँको सन्देश यस प्रकार छ:

    मित्र तथा साथीहरुः

    नयाँ वर्ष सन् २०२० को संख्या शुभ र सुन्दर हो। चिनियाँ भाषाको उच्चारण “तिमिलाई माया तिमिलाई माया” जस्तै हो। सन् २०२० नयाँ वर्षको आगमनमा चाइना मिडिया ग्रुपको तर्फबाट म पैचिङमा तपाइँलाई नयाँ वर्षको शुभकामना दिन्छु।

    मानव इतिहास एक क्षण पछि अर्को क्षणमा लेखिएको हुन्छ। सन् २०१९ का धेरैवटा क्षणमा, एक अनन्त स्मृति भएको छ। अक्टोबर १ तारिख हामीले जन गणतन्त्र चीनको ७०औँ वार्षिकोत्वसलाई भव्य रुपमा मनायौं। साथीहरुले चाइना मिडिया ग्रुपको बहुभाषी वृत्तचित्र‌“ऐतिहासिक यात्रा” , फोर के हाई डिफिनेसन प्रत्यक्ष चलचित्र “भव्य सैन्य परेड २०१९” मार्फत धेरै‍भव्य घटनालाई हामीले हेरेका छौँ। हामीले नयाँ चीनको स्थापनाको ७० बर्षको असाधारण इतिहासलाई साझेदारी गरेका छौँ। मैले थुप्रै साथीहरूबाट भव्य शुभकामना पाएको छु। चीन समस्या सम्बन्धी इटली विद्बान फ्रानसेस्को मारिनगिओले इमेलमा लेख्नु भएको छः म नयाँ चीनको स्थापनाको ७०औं बर्षमा ‌हासिल शानदार उपलब्धिहरूको प्रशंसा गर्न चाहन्छु, मेरो विचारमा चिनियाँ जनताले यसमा गौरव गरेका छन्।

    विगत एक वर्षमा, हामीले प्रयास गरी चीनले प्रगति मार्गमा उत्पन्न भएको हरेक आकर्षिक क्षण समातेर विश्वतिर वास्तविक, त्रिआयामिक र सर्वतोमुखी नयाँ युगको चिनियाँ छविलाई प्रदर्शन गर्दै आएका छौं। हामीले फाइभ जी फोर के/एइट के +एआई आदि प्रसारणका प्रविधि र तरिकाबाट सफलताका साथ 'बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च, एशिया सभ्यता वार्ता महाधिवेशन र मकाउ मातृभूमिलाई फर्किएको बीसौं बार्षिकोत्सव मनाउने समारोह लगायत भव्य गतिविधिको प्रसारण गरेका छौँ। हामीले निर्माण गरेको बहुभाषी वृत्तचित्र 'सी चिन फिङलाई मन पर्ने परम्परागत चिनियाँ कथा' र 'हरेक राष्ट्रिय पूरातात्विक बस्तुले एउटा कथा बताउँछ'ले विदेशी साथीहरुलाई गहिरो रुपमा चिनियाँ लामो इतिहास र प्रशस्त संस्कृति तथा नयाँ युगमा चीनको मूल्य विचारधारालाई जानकारी दिनका लागि झ्याल खोलेको छ। 'विश्व श्रोता र दर्शक आदानप्रदान कार्यक्रम' र 'संगीतद्वारा चीन र रुसलाई जोड्ने सिर्जनात्मक कार्यक्रम', 'बहुभाषी इन्टरनेटमा लोकप्रिय सञ्चालक' आदि परियोजनामार्फत अझ बढी विदेशी साथीहरुलाई चीनप्रति ध्यानाकर्षण गर्ने बनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान