तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीको नयाँवर्षको शुभकामना सन्देशनको सकारात्मक मूल्याङ्कन

2020-01-01 16:21:10

    नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दिनुभएको शुभकामना सन्देशको समाजका विभिन्न पक्षहरूले सकारात्मक मूल्याङ्कन गरेका छन्। विविध स्थानका विभिन्न पक्षका जनताले के ठहर गरेका छन् भने राष्ट्राध्यक्ष सीको सन्देशले गहिरो भावना बोक्नका साथै पर्याप्त शक्ति पनि भरिपूर्ण देखिन्छ। उनीहरूले राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै हरेक क्षणको सदुपयोग गर्दै सुनौलो अवसर नगुमाएर आ-आफ्नो पेशा क्षेत्रमा अथक प्रयास गर्दै जाने अठोट पनि प्रकट गरेका छन्।

    क्वाङ चौ थेन ह प्रिफेक्चरको हङकङ मकाउ युवा सिर्जनशील रोजगार सेवा केन्द्रका प्रमुख लीन ह्वै पिनले क्वाङ चौमा बसिरहेका हङकङ र मकाउका युवाहरूसित डिसेम्बर ३१ तारिख राति राष्ट्राध्यक्ष सीको नव वर्षको शुभकामना सन्देशको अवलोकन गर्नु भएको छ। क्वाङ तुङ, हङकङ र मकाउका युवाहरू बीचको सहकार्य झन् घनिष्ट हुँदै जाने सम्बन्धमा उहाँ आशावादी हुनुहुन्छ।

    सन् २०१९ मा चीनको सुधार र खुलापन निरन्तर रुपमा जिवन्त शक्ति बोकेर विकसित हुँदै आएको देखिन्छ। राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले स्वतन्त्र व्यापार क्षेत्रका व्यवसायहरूलाई निकै प्रोत्साहन दिएको छ। शाङहाई स्वतन्त्र व्यापार क्षेत्रमा अवस्थित एउटा डाटा कम्पनीका संस्थापक छ्न काङले राष्ट्राध्यक्ष सीको भनाइ बमोजिम नयाँ वर्षको जुनसुकै कठिनाइ भेटे तापनि हामीले एकताबद्ध भएर सबै कठिनाइलाई जित्नुपर्छ।

    राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा नयाँ वर्षको उपलक्ष्यमा आफ्नो कामलाई यथावत् रुपमा कायम राखेर कामदार र कर्मचारीहरूलाई हार्दिक अभिवादन पनि प्रकट गर्नुभएको छ। नान छाङ शहरका एकजना यातायात प्रहरी चिन स्येन ह्वैले रेडियोमार्फत राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश सुन्नुभएको छ। राष्ट्राध्यक्षको सन्देशले उहाँको मनलाई निकै न्यानो बनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान