तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनद्बारा नयाँवर्षको चियापान समारोह आयोजना

2019-12-31 22:21:41

    चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय परिषद्ले डिसेम्बर ३१ तारिख पैचिङमा नयाँ वर्ष २०२० का अवसरमा चियापान समारोहको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो चियापान समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

    आफ्नो सम्बोधनमा उहाँले सन् २०२० सम्पूर्ण रुपमा सम्पन्न समाज र १३ औँ पन्च वर्षीय योजना समाप्त हुने अन्तिम वर्ष हो भन्ने कुरामा जोड दिनुभएको छ। त्यसैगरी सन् २०२० मा चीनले गरिबी निवारणको जटिल युद्धलाई उच्चस्तरीय रुपमा बिजय प्राप्त गर्नुका साथै अर्थतन्त्रको स्थिर र स्वस्थ विकासलाई कायम राख्दै जाने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान