तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको अथक प्रयासका साथै विश्वको संयुक्त विकास

2019-12-31 22:21:14

    नयाँ वर्षको पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चाइना मिडिया ग्रुप तथा इन्टरनेटमार्फत सन् २०२० नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ। शुभकामना सन्देश उहाँले विगत एक वर्षमा विकासको उपलव्धिको सिंहावलोकन गर्नुका साथै सन् २०२० को विकासको भविष्य उन्मुख रहेको बताउनुभयो।

    चीन र विश्वका लागि सन् २०१९ एउटा असामान्य वर्ष हो। यस वर्ष एकात्मकवाद तथा संरक्षणवाद उकासिएको छ। व्यापार मतभेद गम्भिर भएको छ। यो वर्ष जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वर्ष पनि हो। विश्वको दोस्रो आर्थिक समुदायको रुपमा चीनले विकासको लक्ष्यलाई के कसरी समयमा पूरा गर्नु विश्वको ध्यानाकर्षण बनेको छ। यसबारे राष्ट्राध्यक्ष सीले उत्तर दिनुभएको छ। उहाँले नयाँ वर्षको सन्देशमा भन्नु भएको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने अनुमान छ साथै प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्नेछ। सन् २०१९ को जटिल तथा गम्भिर वातावरणमा पनि चीनको कूल गार्हस्थ उत्पादन मात्रा एक वर्षमा करिब एक सय खर्ब चिनियाँ युआन बढेको छ। जुन अस्ट्रेलियाको सन् २०१८ को कूल गार्हस्थ उत्पादन मात्रा बराबर छ। जसबाट चीन यथावत रुपमा विश्वको आर्थिक बृद्धिको बलियो इन्जिन प्रमाणित भएको छ।

    यसका अतिरिक्त चिनियाँ विकासको सुविधा गाडीमा चढ्न विभिन्न मुलुकलाई स्वागत गरेको छ। एउटा खुलस्त र सहिष्णु देश चीनले विश्वका लागि साझा उपभोगको फाइदाको सिर्जना गरिरहेको छ। सन् २०१९ सम्ममा चीनसँग दौत्य सम्बन्ध कायम भएको मुलुकको संख्या १८० पुगेको छ।

    हाल चीन निर्धारित विकास लक्ष्यतिर निरन्तर रुपमा अघि बढ्दै जानेछ। त्यस क्रममा कठिनाई र चुनौतीसँग अपरिहार्य रुपमा सामना हुनेछ। सन् २०१९ मा हङकङमा देखा परेका उग्रवादी हिंसात्मक अपराधी गतिबिधिहरूले गम्भीर रुपमा एक देश दुई व्यवस्थाको सैद्धान्तिक अडानलाई उत्तेजित बनाएको छ। यस वर्ष मकाउले मातृभूमिमा समाहित भएको २०औँ वार्षिकोत्सव मनाएको छ। राष्ट्राध्यक्ष सीले नव वर्षको शुभकामना सन्देशमा हङकङ सुमधुर होस् र हङकङका देशबन्धुहरू सुखमय होस् भन्ने शुभेच्छा पनि प्रकट गर्नुभएको छ।

    बिगतबाट निचोड निकाल्नुको उद्देश्य अझ राम्रोसँग अगाडि जानसक्नु भन्ने हो। सन् २०२०मा चीनले निरन्तर रुपमा शान्ति, खुल्लापन र विकास विषयलाई का‌यम राख्नुका साथै विभिन्न मुलुकसँगै एकताबद्ध भएर अथक प्रयास गर्दै जानेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान