नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०२० नव वर्षको शुभकामना सन्देश (सन् २०१९ को डिसेम्बर ३१ तारिख) सी चिन फिङ

2019-12-31 20:17:26

सन् २०२० नव वर्षको शुभकामना सन्देश (सन् २०१९ को डिसेम्बर ३१ तारिख) सी चिन फिङ

    नयाँ वर्ष २०२० को पूर्व सन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ।

    कमरेडहरु, साथीहरु, महिला तथा सजनवृद:

    सन् २०२० हुन लागेको छ। चीनको राजधानी पैचिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु।

    सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने अनुमान छ साथै प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्नेछ। तीनवटा अप्ठ्यारो महाकाममा निर्णायक प्रगति हासिल भएको छ। पैचिङ, थेन चिन र ह पैको एकीकृत विकास, याङ सी नदी क्षेत्रको आर्थिक क्षेत्रको विकास, क्वाङ तुङ, हङकङ र मकाउ बीचको विशाल खाडी क्षेत्रको निर्माण, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकासमा तीब्र गतिले हुनुका साथै ह्वाङ ह अर्थात पहेंलो नदी क्षेत्रको पर्यावरणको संरक्षण तथा त्यसको गुणस्तरीय विकास राष्ट्रिय रणनीति बनेको छ। चीनका करिब ३४० वटा विपन्न जिल्ला गरिब अवस्थाबाट मुक्त भएका छन् भने एक करोड भन्दा बढी व्यक्ति गरिब अवस्थाबाट उकासिएका छन्। छाङ अ चार नम्बर को डिटेक्टरले मानवको इतिहासमा पहिलो पटक चन्द्रको पछाडि अवतरण गरेको छ। लङमार्च पाँच नम्बरको क्यारियर रकेटको सफलताका साथ प्रक्षेपण गरिएको छ। हिम ड्रागन दुई नम्बरको वरफ फोड्ने प्रविधियुक्त जहाजले पहिलो पटक दक्षिणी ध्रुवको यात्रा गरेको छ। पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जालको निर्माण निर्णायक अवधिमा प्रवेश भएको छ। फाइभ जीको व्यापारिक उपयोगका लागि गतिशीलताका साथ निर्माण भएको छ। पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको रुप फिनिक्स जस्तै छ। यी उपलव्धिहरु नयाँ युगमा चिनियाँहरुको अथक प्रयाससँग घनिष्ट सम्बन्ध रहेका छन्। जसले उत्कृष्ट चिनियाँ छवि तथा चिनियाँ शक्ति अभिव्यक्त गरेको छ।

1234...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान