तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राजनीतिक र कूटनीतिक तवरले इरानी आणविक समस्याको समाधान गरिने

2019-12-31 17:12:34

    चिनियाँ राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले डिसेम्बर ३१ तारिख पैचिङमा चीनले दृढताका साथ अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्नुका साथै सबै खालका एकपक्षीयतावाद र प्रभुत्व कारवाईको विरोध गरी राजनीतिक र कूटनीतिक तवरले इरानी आणविक समस्याको समाधान गर्दै जाने कुरा बताउनुभएको छ।

    परराष्ट्र मन्त्री वाङ यीले आजै इरानी विदेश मन्त्री महमद जाभाद जारिफसँग वार्ता गर्नुभएको छ। वार्ताको क्रममा मन्त्री वाङले इरानसित दुवै देशका राष्ट्रनायक बीचको मतैक्यलाई व्यवहारमा उतार्नुका साथै पारस्परिक राजनीतिक विश्वासलाई सुदृढ पारी चीन-इरान सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

    प्रत्युत्तरमा विदेश मन्त्री जारिफले चीनसँगै मिलेर बहुपक्षीयतावादलाई कायम राख्नुका साथै सम्पूर्ण सम्झौताको वास्तविक रुपमा संरक्षण गरी आफ्नो उचित हक-अधिकारको संरक्षण गर्दै जान इरान इच्छुक रहेको कुरा पनि बताउनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान