तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्व संचालनमा चीन “विचारक”मात्र नभई “व्यावहारिक काम गर्ने मुलुक” स्थापित

2019-12-30 18:43:39

    सन् २०१९ को अन्त्यमा अन्तर्राष्ट्रिय समाजमा उत्पन्न भएका दुई घटनाप्रति मानिसहरुले चिन्ता व्यक्त गरेका छन्।

    पहिलो कुरा अमेरिकाले अवरोध बनाएको कारण, विश्व व्यापार संगठनको उजुर संस्थामा न्यायाधिशको अभाव भएको हुनाले त्यसको काम रोकिएको छ। बहुपक्षीय व्यापार प्रणालीमाथि “सबैभन्दा गम्भिर क्षति” पुर्‍याइएको छ। दोस्रो कुरा स्पेनको मड्रिडमा आयोजित संयुक्त राष्ट्र संघको मौसम परिवर्तन सम्मेलनको अवधिलाई दुई दिनसम्म लम्ब्याइएतापनि सम्मेलनमा कुनै पनि परिणाम प्राप्त भएको छैन। यी दुई घटना बीच सम्पर्क नभएको जस्तै देखिन्छ, तथापि जसबाट विश्वको संचालनमा पहिले नभएको विशाल चुनौति देखा परेको प्रतिबिम्बित हुन्छ।

    हालका केही वर्षदेखि एकलवादी र विश्वको आर्थिक विकास ह्रास हुँदै आएको कारकतत्वको प्रभावमा अन्तर्राष्ट्रिय समाजले मुख्य खतराको सामना गर्दा सहमति जनाउन अझ अपठ्यारो हुँदै आएको छ। विश्वको आर्थिक प्रणाली अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँग मेल नखाएको र केही पश्चिमी मुलुकले आफ्नो प्रभूत्व स्थानको संरक्षण गर्नका लागि नवोदित मुलुकहरुको विकासलाई रोक्ने नीति अपनाएकाले यस्तो भएको हो।

    चीनले हालका केही वर्षदेखि स्वदेशको विकासको हक-हित र अन्तर्राष्ट्रिय समाजको साझा हितको संरक्षण गर्नका लागि विश्व संचालनको प्रणालीको सुधारमा सक्रियताका साथ भाग लिएर श्रृंखलाबद्ध विचार, कल्पना तथा कार्यान्वयन प्रस्ताव प्रस्तुत गरेको छ। चीनको उद्देश्य विश्व संचालन सम्बन्धी संयुक्त परामर्श, संयुक्त निर्माण तथा संयुक्त उपभोग प्रणालीको स्थापना गरी मानवको हितलाई लक्षित समूदायको निर्माण गर्नु नै हो।

    विशेष गरी सन् २०१९ देखि चीनले धेरै पटक महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा विश्व संचालनबारे अनेकन राय-सुझाव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय समाजको सामु देखा परेको चुनौती निरन्तर रुपमा बढ्दै आएको छ। विभिन्न पक्षहरुसँगै मिलेर संयुक्त परामर्श, संयुक्त निर्माण तथा संयुक्त उपभोगको भावना अपनाएर अन्तर्राष्ट्रिय अनुशासनलाई अरु न्यायोचित दिशातर्फ अघि बढाउन तथा अन्तर्राष्ट्रिय समाजलाई अरु बढी हित-कल्यण सिर्जना गर्न चीन इच्छुक रहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान