तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अमेरिकाद्बारा चीनको सिन्च्याङको आतंकवाद विरोधी कार्य बंग्याइएकोमा चीनको प्रतिक्रिया

2019-12-30 18:19:20

    हालै अमेरिकाले चीनको सिन्च्याङको आतंकवाद विरोधी कार्यलाई बंग्याएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले डिसेम्बर ३० तारिख पैचिङमा अमेरिकाको त्यस्तो कार्य निराधार र बदनाम रहेको भन्दै आफ्नो कुरा राम्रोसँग गर्नुका साथै यत्रो टाढासम्म हात हालेर आफ्नो कमर नबिगार्न चीनले अमेरिकालाई सुझाएको बताउनुभयो।

    प्रवक्ता कङका अनुसार, हाल सिन्च्याङको अर्थतन्त्र लगातार रुपमा विकसित भइरहेको छ। त्यहाँको समाज मेलमिलापयुक्त र स्थिर रहेको छ भने प्रजातन्त्र निरन्तर रुपमा सुधार हुँदै आएको छ। संस्कृति अभूतपूर्व रुपमा समृद्ध हुँदै आएको र विभिन्न धर्म पनि मेलमिलापयुक्त रुपमा मौजुद रहेको देखिन्छ। चीनको सिन्च्याङ र तिब्बतको स्थिर राजनीति, आर्थिक विकास, जातीय एकता र मेलमिलापयुक्त समाज भन्ने तथ्य कुरा नै अमेरिकाको उक्त निराधार भनाइ र बदनाम लक्षित कार्यको सबैभन्दा सशक्त प्रतिक्रिया रहेको कुरामा प्रवक्ता कङले जोड दिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान