तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चाइना मिडिया ग्रुपबाट सन् २०१९ का दश महत्वपूर्ण स्वदेशी समाचार सार्वजनिक

2019-12-30 18:18:09

    चाइना मिडिया ग्रुप सीएमजीले डिसेम्बर २८ तारिख सन् २०१९ का दश महत्वपूर्ण स्वदेशी समाचार सार्वजनिक गरेको छ। ती समाचारहरु यस प्रकारका छन्।,

    १ जन गणतन्त्र चीनको स्थापना भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य समारोह, सैन्य परेड तथा सर्वसाधारणको प्रदर्शन थेन आन मन चोकमा आयोजित भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त भव्य समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुभयो।

    २ चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं अधिवेशनको चौथो पूर्ण बैठकमा “चीनको संचालन” सम्बन्धी नयाँ क्षेत्रको सिर्जना गरेको छ।

    ३ चिनियाँ कम्युनिष्ट पार्टीले “प्रारम्भिक इच्छा विर्सनु हुँदैन, आफ्नो जिम्मेवारीको सम्झना गरौं” शीर्षकमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    ४ चीनको आर्थिक विकास स्थिरताका साथ भइरहेको छ। चीनको गुणस्तरीय विकासको उपलव्धि आकर्षक छ।

    ५ “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन लगायत चारवटा आयोजक मुलुकले संयुक्त रुपमा आयोजना गरेको कूटनीतिक कार्यक्रमले मानवको हितलाई लक्षित समूदायको सक्रियताका साथ निर्माण गरी नयाँ अन्तर्राष्ट्रिय अनुशासनको प्रस्ताव राखेको छ।

    ६ मकाउ मातृभूमिमा समाहित भएको २० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। चीन सरकारले अटलताका साथ “एक देश दुई व्यवस्था”को कार्यान्वयन गरिरहेको छ।

    ७ पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक संचालन सुरु भएको छ। जुन अन्तर्राष्ट्रिय हवाई सञ्जालको नयाँ प्रतीक बनेको छ।

    ८ चिनियाँ महिला भलिबल टोलीले महिला भलिबल विश्व कपमा एघारौँ पटक विजय गरी च्याम्पियन प्राप्त गरेको छ।

    ९ छाङ अ चार नम्बरको चन्द्रमाको डिटेक्टरले मानवको इतिहासमा चन्द्रमाको पछाडि खिचिएको पहिलो फोटो पठाएको छ।

    १० चीनले फाइभ जीको उपयोगको पहिलो वर्ष थालेको छ। बहुक्षेत्रको एकिकृत उपयोग गतिशीलताका साथ भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान