तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सीएमजीद्बारा सन् २०१९ का महत्वपूर्ण दस अन्तर्राष्ट्रिय समाचार सार्वजनिक

2019-12-30 18:17:34

    चाइना मिडिया ग्रुप सीएमजीले डिसेम्बर २८ तारिख सन् २०१९ का दशवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय समाचार सार्वजनिक गरेको छ।

    चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७ पटक विदेश भ्रमण गर्नुका साथै ४ वटा मुख्य स्थलको कूटनीतिक गतिबिधिमा पनि भाग लिनुभएको छ। उहाँले सक्रियताका साथ मानव जाति भाग्यको एकरुपताको स्थापना गर्न अपील गर्नुभएको समाचार पहिलो नम्बरमा रहेको छ।

    विश्व आर्थिक बृद्धि मन्दी भए पनि चीनको अर्थतन्त्र स्थिर रुपमा अघि बढेकाले योगदान दरको पहिलो स्थानमा पुगेको समाचार दोस्रो स्थानमा रहेको छ।

    अमेरिका र रुसले “सोभियत संघ र अमेरिका बीच दुवै देशको मध्यम दूरी र मध्यम-छोटो दूरी क्षेप्यास्त्र हटाउने सन्धि”बाट हट्ने घोषणा गरेका छन्। त्यसैगरी अन्तर्राष्ट्रिय सैनिक नियन्त्रण प्रणालीसामु चुनौती देखा परेको समाचार तेस्रो स्थानमा रहेको छ।

    युरोपेली संघबाट अलग हुने बेलायतको प्रक्रिया निकै झन्झटिलो भएको छ। युरोपको एकरुपता प्रक्रियासामु अझ ठूलो धम्की आइपरेको समाचार चौथो स्थानमा रहेको छ।

    सिरियाली सरकारी सेनाले ८५ प्रतिशत भूखण्डमाथि नियन्त्रण गरेको छ। त्यसैले मध्य पूर्वी भौगोलिक र राजनीतिक नक्सामा नयाँ प्रवृत्ति देखा परेको समाचारलाई चाइना मिडिया ग्रुपले पाँचौँ नम्बरमा राखेको छ।

    मानव जातिले कालो सुरुङको पहिलो फोटो खिचेको छ। जसबाट एइनस्टेनको सापेक्षतावादको सिद्धान्तलाई प्रमाणित गर्न सकिएको समाचारले छैटौँ स्थान लिएको छ।

    इथियोपिया वायु निगमको एउटा यात्रुवाहक विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएपछि बोइन ७३७ म्याक्स यात्रुवाहक विमान विश्वमा रहेका सबै उड्ड्यन बन्द गरिएको समाचारलाई सातौ नम्बरमा राखिएको छ।

    ताप गृहमा बोकेको ग्यासको मात्राले नयाँ कीर्तिमान सिर्जना गरेको छ भने मेड्रिड सम्मेलनमा मतैक्यको आधारको पनि स्थापना गरिएको समाचारलाई आठौँ स्थान दिइएको छ। 

    अफ्रिकामा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गरिएकाले अफ्रिकाको आर्थिक विकासका लागि नयाँ अवसर सिर्जना भएको समाचारले नवौँ स्थान लिएको छ भने नोट्रे दाम दे पेरिसलाई बिनाशकारी आगलागीबाट गम्भीर ध्वस्त भएको र विश्व सांस्कृतिक सम्पत्तिको संरक्षणमा ध्यान दिनुपर्ने समाचारले दसौँ स्थान लिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान