चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले २५ तारिख पैचिङमा जापानी विदेशमन्त्री तोशिमिट्सु मोटेगिसँग भेट-वार्ता गर्नुभएको छ। चीन र जापानका राष्ट्रनायकले वार्ता गर्दै प्राप्त महत्वपूर्ण सहमतिमाथि दुई पक्षले उच्च मूल्याँकन गर्नुभएको छ।
विश्व दृष्टिकोणबाट दुई देशको सम्बन्धको विचार तथा योजना गर्नुका साथै चार राजनीतिक दस्तावेजको पालना गरी दुई देशको सम्बन्धको राजनैतिक आधारलाई सुदृढ पार्दै सुधारको प्रवृतिलाई कायम राखेर नयाँ युगको मागसँग अनुकुल रहने सम्बन्धको क्रमशः निर्माण गर्ने विषयमा उहाँहरूले सहमति गर्नुभएको छ।
मन्त्री तोशिमिट्सु मोटेगिले आगामी वसन्त ऋतुमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा गर्नुहुने जापान भ्रमणको उच्च महत्व दिनुका साथै स्वागत व्यक्त गर्नुभयो।
उहाँहरूले कोरियाली प्रायद्वीपको परिस्थिति आदि विषयबारे वैचारिक आदान-प्रदान पनि गर्नुभएको छ।