तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पैसा राजनीतिबाट चलेको छ अमेरिकी प्रजातन्त्र

2019-12-26 16:45:18

चिनियाँ मानव अधिकार अनुसन्धान परिषदले २६ तारिख “पैसा राजनीतिबाट चलेको अमेरिकी शैलीको प्रजातन्त्र सार्वजनिक” शीर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखले पैसा राजनीति अमेरिकी राजनीति र समाजमा गम्भीर द्वन्द्वको महत्वपूर्ण कारण रहेको व्याख्या गरेको छ। केही वर्षयता अमेरिकी राजनीतिमा धनी तहको प्रभाव झन् झन् बढ्दैआउनुका साथै सामान्य सर्वसाधारणको प्रभाव क्रमशः कम हुँदैगएको छ। पैसा राजनीतिले अमेरिकी प्रजातन्त्रको झूटो अवस्था सार्वजनिक गरेको छ।

“पैसा राजनीतिको स्तन हो” भन्ने टिप्पणीले अमेरिकी राजनीतिको वास्तविकतालाई स्पष्ट पारेको छ। अमेरिकी राजनीतिमा पैसाको प्रभाव रहेको छ।

निर्वाचन क्षेत्रमा अमेरिकी पैसा राजनीतिले निर्वाचनलाई धनी तहको आफ्नै खेल बनाएको छ। लेखका अनुसार, २१औं शताब्दीदेखि निर्वाचनका लागि अमेरिकी राष्ट्रपतिका उम्मेद्वारहरूको चुनाव शुल्क सन् २००४ को ७० करोड अमेरिकाबाट बढेर सन् २०१२ को दुई अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०१६ मा राष्ट्रपति तथा काँग्रेसको निर्वाचनलगायत अमेरिकी आम-निर्वाचनको खर्च ६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।

त्यसका साथै धेरै गोप्य पूँजी पनि निर्वाचनको गतिविधिमा लगाइएको छ।

अमेरिकी पैसा राजनीतिका कारण सामान्य सर्वसाधारणले आफ्नो राजनीतिक अधिकार तथा लाभ पाउन सकेको छैन। अमेरिकी पैसा राजनीतिले सरकारी पदलाई धनी तथा माथिल्लो वर्गको हातमा राखेको छ। अमेरिकी पैसा राजनीतिले सार्वजनिक रूपमा धनीहरूलाई फाइदा दिएको छ। अमेरिकी पैसा राजनीतिले बन्दुक आतङ्क तथा हिंसालगायत सामाजिक समस्याको समाधान गर्न झनै समस्या खडा गरेको छ।

पैसा राजनीति अमेरिकी पूंजीवादी परिपाटीको नतिजा भएको विश्लेषण लेखले गरेको छ। पैसा राजनीतिले अमेरिकी समाजको स्वभावलाई स्पष्ट पारेको छ। अमेरिकाले आफूलाई प्रजातन्त्र तथा मानव अधिकारको नमूना माने तापनि पैसा राजनीतिले अमेरिकाको झुटो कुराहरू पर्दाफास गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान