तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन र जापानका प्रधानमन्त्रीबीच वार्ता

2019-12-25 18:46:20

चीनका प्रधानमन्त्री ली खछ्याङले २५ तारिख सछ्वान प्रान्तीय तुच्याङयान शहरमा जापानका प्रधानमन्त्री अबे शिन्जोसँग भेट-वार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीन र जापानले चार राजनीतिक दस्तावेजमा निश्चित सिद्धान्तको पालना गरी इतिहासबाट सिकेर भविष्यमा संवेदनशील समस्याको राम्ररी समाधान गरेर दुई देशको सम्बन्धलाई सही मार्गमा फर्काउने आधारमा अझ विकास गर्नुपर्छ। चीनले जापानसँग दुई पक्षबीचमा अझ बढी उच्चस्तरीय आदान-प्रदानका लागि राम्रो वातावरणको सिर्जना गर्ने आशा गरेको छ। 

चीन र जापान एक आपसका लागि मुख्य व्यापारिक साझेदारी हुन्। चीनले सेवा उद्योगको खुलापनलाई विस्तार पार्दैछ। जसले दुई देशको सहयोगलाई अझ बढी अवसर दिएको प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

जापान र चीनले क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिका लागि जिम्मेवारी वहन गरेको प्रधानमन्त्री अबेले व्यक्त गर्नुभएको छ। दुई पक्षले उच्चस्तरीय आदान-प्रदानलाई घनिष्ट पार्नुका साथै वार्तालई सबल पारी सम्बन्धको नयाँ युगको सिर्जना गर्नुपर्ने पनि प्रधानमन्त्री अबेले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान