नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

माक्रोनको चीन यात्रा

2019-11-09 19:29:39

    चीनको भ्रमणमा रहनुभएको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनले सी आन र पैचिङको भ्रमण गरेपछि शाङहाई पुगेर दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुनु भएको छ।

    माक्रोनको यस भ्रमणबाट खुला तथा विश्वव्यापीकरण अनि साथीसम्बन्धी उहाँको धारणा स्पष्ट रूपमा देखिएको छ।

    शाङहाइ पुग्नुभएको भोलिपल्ट चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र माक्रोनले एक्स्पोको उद्धाटन समोहमा उपस्थित भएर एक्स्पो भवनमा घुम्नुभएको छ भने दुई नेताका श्रीमतीले शाङहाइ विदेशी भाषा विश्वविद्यालयमातहत माध्यमिक स्कुलको अवलोकन गर्नुभएको छ।

    बेलुकी उहाँहरूले शाङहाइमा सँगै खाना खानुभएको र बाँस छायाँ ओपेरा पनि हेर्नुभएको छ।

    तेस्रो दिन माक्रोनले पैचिङमा राजकीय भ्रमण गर्नुभएको छ। सो अवसरमा उहाँकी श्रीमतीले फर्बिडन सिटीको अवलोकन पनि गर्नुभएको छ।

    केही दिनपछि उहाँहरूबीचमा ग्रिस र ब्राजिलमा पनि भेट हुनेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान