नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ग्रीसमा सीएमजीको फोर के लाइभ प्रसारण चलचित्र भव्य परेड २०१९

2019-11-09 14:58:55

    जन गणतन्त्र चीन स्थापना भएको ७० वर्ष मनाउने सैन्य परेड प्रसारण गर्ने फोर के लाइभ प्रसारण चलचित्र भव्य परेड २०१९ को ग्रीक संस्करण नोम्भेम्बर ८ तारिख ग्रीसको एथेन्स विश्वविद्यालयमा प्रदर्शन भएको छ। विश्वमा उक्त चलचित्रको ग्रीक संस्करणको प्रदर्शनी यो पहिलो हो र विद्यार्थी र शिक्षकहरूको सक्रिय प्रतिक्रिया दिएका छन्।

    एथेन्स विश्वविद्यालय सैन्य प्रतिष्ठानको भू-राजनीतिका उप-प्राध्यापक कोन्स्तानतिनोस ग्रिभासले केही वर्षयता चीन विभिन्न क्षेत्रको विश्व अग्रस्थानमा बसेको र विश्वमा प्रभावशाली महत्वपूर्ण मुलुक बनेको भन्दै विश्वको शान्तिका लागि चीनको सैन्य शक्तिले सहयोग गर्ने बताउनुभयो। उहाँले वेल्ट एन्ड रोडबाट चीनको कुटनीतिले विभिन्न मुलुकलाई सहयोग बढाउने तर विरोध नगर्ने भन्ने कुरा देख्नसकिने औँल्याउनुभयो। विश्वको स्थिरताको संरक्षण गर्न र विश्व विकासलाई बढाउन चिनियाँ भूमिका महत्वपूर्ण रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

    कानुन विषयका विद्यार्थी गियानिसले भविष्यमा चीन र ग्रीसबीच अरू बढी क्षेत्रका गहिरो सहयोग हुने र ग्रीसमा अरू बढी चिनियाँ पर्यटन र सांस्कृतिक आदान-प्रदान गर्न ग्रीस आउने आशा आफूले लिएको बताउनु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान