तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ जन वायु सेना स्थापनाको ७० औँ वार्षिकोत्सवलाई सीको सम्बोधन

2019-11-09 14:34:54

    चिनियाँ जन वायु सेना स्थापना भएको ७० औँ वार्षिकोत्सव समारोह नोभेम्बर ८ तारिख पैचिङमा आयोजना भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उपस्थित भएर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट वायु सेना स्थापना भएको ७० वर्षप्रति हार्दिक शुभकामना ज्ञापन गर्नुका साथै वायु सेनाका समस्त अफिसर र सैनिकलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

    नेता सीले चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा विभिन्न युगका वायु सेनाले वायु सेनाको निर्माणदेखि उल्लेखनीय उपलब्धि पाउनुका साथै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्न ठूलो योगदान गरेको विचार व्यक्त गर्नुभयो।

    नेता सीले जन वायु सेना हाल नयाँ ऐतिहासिक सुरूवातमा रहेको भन्दै नयाँ युगमा सेना बलियो बनाउने पार्टीको विचारको गहिरो रूपमा पालना गरी जन वायु सेनालाई विश्वको प्रथम श्रेणीको वायु सेना बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान