तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

कृषिसम्बन्धी प्रधानमन्त्री ली ख छ्याङको निर्देशन

2019-11-08 16:54:52

    चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर ६ तारिख राज्य परिषदको कार्यकारी बैठकको अध्यक्षता गर्दै वर्तमान कृषि कार्यको प्रतिवेदन सुन्नुका साथै निर्देशन दिनुभएको छ। उहाँले कृषि आधारलाई सुदृढ बनाउन, महत्वपूर्ण कृषि उत्पादक वस्तुको आपूर्ति गर्न र स्थिर मूल्य राख्न आग्रह गर्नुभयो। उहाँले क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिसम्बन्धी कार्यको व्यवस्थापन गरी अझ खुला गर्न र व्यापारिक लगानीको अरू स्वतन्त्र तथा सुविधा बनाउन बढाउन पनि निर्देशन दिनुभयो।

    सम्मेलनका अनुसार, यस वर्षदेखि विभिन्न क्षेत्र र सम्बद्ध विभागले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको निर्देशनको पालना गरेबाट कृषि उद्योगको स्थिर अवस्था देखिएको छ भने यस वर्ष अन्न फसल हुने निश्चित भइसकेको छ। उत्पादित मात्रा लगातार पाँच वर्षसम्म ६५ खर्ब केजीभन्दा माथि पुगेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान