तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्व सैन्य खेलकुदको सफलताप्रति सी चिन फिङद्वारा निर्देशन

2019-11-07 18:22:57

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै सातौँ विश्व सैन्य खेलकुदको सफलताका साथ आयोजना भएकोप्रति महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले सातौँ विश्व सैन्य खेलकुदको सफलताका साथ आयोजना भएबाट चिनियाँ भावना र सैनिक विशेषता देखिएको भन्दै शीर्ष स्तरीय प्रतियोगिताको आयोजना गर्ने र शीर्ष उपलब्धि प्राप्त गर्ने लक्ष्य पनि देखिएको दोहोर्‍याउनुभयो।

    सी चिन फिङले विभिन्न एकाइले सारांश र प्रशंसा कार्यको राम्रोसँग गर्नुपर्ने भन्दै दुईवटा सय वर्षको लक्ष्यलाई व्ववहारमा उतार्न र चीन राष्ट्रको महा पुनःरूत्थानको चीन सपनालाई साकार तुल्याउन आफ्ना बुद्धिमान र शक्ति प्रदान गर्न व्यापक सर्वसाधारणलाई प्रोत्साह गर्नुपर्ने उल्लेख गर्नुभयो।

    गत अक्टोबर १८ देखि २७ तारिखसम्म सातौ विश्व सैन्य खेलकुद चीनको हुपै प्रान्तीय उहान शहरमा आयोजना भएको थियो। चिनियाँ जन मुक्ति सेना प्रतिनिधिमण्डलले १३३ वटा स्वर्ण पदक, ६४ वटा रजत पदक, ४२ वटा कांस्य पदक पाएको छ भने स्वर्ण पदक र कूल पदकको हिसाबले पहिलो स्थान जितेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान