तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ध्रुवीय क्षेत्रको सर्वेक्षण गर्ने शक्तिशाली मुलुक चीन बन्दै

2019-10-24 10:30:58

    अक्टोबर २२ तारिख दक्षिणी ध्रुवको चिनियाँ सर्वेक्षण टोलीका १०७ जना सदस्यले “हिमाली ड्रागन”नम्बरको वरफ फोड्ने प्रविधियुक्त जहाजमा चढेर दक्षिणी ध्रुवतर्फ प्रस्थान गरेका छन्।

    सन् १९८४को डिसेम्बर ३० तारिख चीनले पहिलो पटक राष्ट्रिय झण्डालाई दक्षिणी ध्रुवको भूभागमा गाडेको थियो। एक महिनापछि चीनले आफ्नो पहिलो सर्वेक्षण स्टेशन-विशाल पर्खाल स्टेशनको निर्माण गरेको थियो। सन् १९८९को फेब्रअरीमा चीनले दोस्रो सर्वेक्षण स्टेशन -चौङ शान स्टेशनको निर्माण गरेको थियो। सन् २००९मा चीनले तेस्रो सर्वेक्षण स्टेशन -खुन लुन स्टेशनको निर्माण गरेको थियो। सन् २०१४ मा चौङ शान स्टेशन र खुन लुन स्टेशन बीचमा रहेको थाई शान स्टेशनको निर्माण पूरा भएको थियो। हाल चीनको पाँचौं सर्वेक्षण स्टेशन-लो स हाई सिन स्टेशनको निर्माण भइरहेको छ। चीन यतिखेर ध्रुवीय क्षेत्रको सर्वेक्षण गर्ने शक्तिशाली मुलुक बन्दैछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान