तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन र नेपाल मिलेर नौ तले वसन्तपुर टावरको जीर्णोद्धार

2019-10-12 12:02:35

    चार सय वर्षको इतिहास रहेको नौ तले वसन्तपुर टावर काठमाडौंको दरबार चोकमा अवस्थित छ। सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पबाट यसमा गम्भिर रुपमा क्षति पुगेको थियो। सन् २०१७ को अगष्ट महिनामा चीन सरकारको राहतमा नौ तले वसन्तपुरको जीर्णोद्धार कार्य औपचारिक रुपमा शुरु भएको थियो। जीर्णोद्धार कार्य पूरा हुन पाँच वर्षसम्म लाग्ने अनुमान छ।

    चिनियाँ संस्कृति सम्पदा अनुसन्धानालयकी पूरातात्विक इन्जिनियर को छे रुले जीर्णोद्धारको क्रममा स्थानीय कच्चा पदार्थको उपयोग गरी स्थानीय कलाकारले हस्तकलामार्फत जीर्णोद्धार गरेको जानकारी दिइन्।

    वास्तवमा चीन र नेपालबीचको घनिष्ठ सहयोगको कारण यस पटकको जीर्णोद्धार कार्य सुचारु रुपमा चलेको छ। चीन र नेपालबीचको मित्रता सुन्दर नौ तले वसन्तपुर दरबारजस्तै प्राचीनकालदेखि नै रहिआएको देखिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान