तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन र नेपालबीच पूर्वाधार क्षेत्रको सहयोगलाई सबल

2019-10-12 11:34:34

    चीन र नेपाल असल छिमेकी मुलुक हुन्। सन् १९९६ मा चीन र नेपालले युगौं युगसम्म हुने मैत्रीपूर्ण चौतर्फी साझेदारी सम्बन्धलाई निश्चित गरेको थियो। हालैका वर्षहरुदेखि चीन र नेपालले पूर्वाधारको क्षेत्रमा आपसी सहयोगलाई सबल पार्दै आएका छन्। नेपालमा रहेका चिनियाँ व्यवसायहरुले वास्तविक गतिविधिमार्फत दुई देश बीचको मित्रताका लागि आफ्नो योगदान पुर्‍याएका छन्।

    यु याङ चिनियाँ रेल कम्पनीको चौथो विभागले नेपालमा पठाएका प्रतिनिधि हुन्। उनले नेपालमा दश वर्षसम्म काम गरेका छन्। उनले नेपालमा चिनियाँ रेल कम्पनीले निर्माण गरेका धेरै परियोजनाहरु देखेका छन्। यी परियोजनाहरुको निर्माणले स्थानीय पूर्वाधार सुधार गर्नुका साथै नेपाललाई धेरै फाइदा ल्याएको विचार उनले गरे।

    सन् २०१५को अप्रिल २५ तारिख नेपालमा विनाशकारी भूकम्प गएको थियो। चिनियाँ रेल कम्पनीले निर्माण गरेका अस्पताल, बैंक तथा भवनहरु लगायत दर्जनौं परियोजनामा भूकम्पको परीक्षणमा सुरक्षित उत्रिएका थिए।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान