तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनद्वारा विगतमा झैं अमेरिकी व्यवसायी तथा विदेशी व्यवसायीलाई चीनमा लगानी गर्न स्वागत

2019-10-10 18:45:20

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले विगतमा झैं अमेरिकी व्यवसायी लगायतका विदेशी व्यवसायीहरूलाई चीनमा लगानी गर्न र आफ्नो कारोबार चलाउन स्वागत गर्दै जाने बताउनुभएको छ।

हाल केही अमेरिकी पदाधिकारी, सांसद र सञ्चार-माध्यमहरूले हौस्टन रकेट क्लबका मेनेजरको हङकङ सम्बन्धी भनाईबारे चीनले बजारको भविष्य र वाणिज्य तरिकामार्फत अमेरिकी व्यवसायको नियन्त्रण गरी आफ्नो मूल्यको धारणा त्याग गर्न ती व्यवसायीलाई दबाव दिएको भन्दै अमेरिकी व्यवसायीले त्यस विषयबारे स्पष्ट हुनुपर्ने जनाएका छन्।

उक्त विषयबारे चर्चा गर्दै प्रवक्ता कङ श्वाङले चीनमा लगानी लगाउने विभिन्न मुलुकका व्यवसायीहरूका लागि राम्रो वातावरणको सिर्जना गर्ने चीनको नीति परिवर्तित नहुने बताउँदै चीनमा रहेका विदेशी व्यवसायीको उचित हक-अधिकारको सँरक्षण गर्ने चीनको नीति पनि परिवर्तित नहुने कुरामा जोड दिनुभएको छ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान