नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणबाट दुवै देशको सम्बन्ध अझै बलियो हुने

2019-10-10 18:44:20

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणबाट दुवै देशको सम्बन्ध अझै बलियो हुने

चीनका लागि नेपालका राजदूत लीलामणि पोड्यालले हालै चाइना मिडिया ग्रुप अन्तर्गत नेपाली सेवालाई अन्तर्वार्ता दिँदै चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा गर्नुहुने नेपालको राजकीय भ्रमण ऐतिहासिक हुने र उहाँको यस भ्रमणले चीन-नेपालबीचको सम्बन्धको नयाँ ऐतिहासिक शुरूवात बिन्दु बन्दै आगामी दिनमा अझ बढी विस्तार गर्नसक्ने व्यक्त गर्नुभएको छ।

राजदूत पोडेलले चीन र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई दुई देशका नेताहरूबीचको आदान-प्रदानबाट घनिष्ट हुँदैआएको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक आदि क्षेत्रमा रहेको आदान-प्रदान पनि दीर्घकालदेखि कायम रहँदैआएको बताउनुभयो। दुई पक्षीय सम्बन्धको सँरक्षण तथा विकासका लागि नेताहरूबीचको आदान-प्रदानले महत्वपूर्ण भूमिका खेलेको र राष्ट्राध्यक्ष सीको नेपालको राजकीय भ्रमणलाई यी दुई देशका जनताले ठूलो अपेक्षा लिएको पनि राजदूतले बताउनुभयो।

चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले अक्टुबर ९ तारिख भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टुबर ११ देखि १३ तारिखसम्म भारतमा भारत-चीन नेताबीचको दोस्रो अनौपचारिक भेट-वार्तामा सहभागी हुने र नेपालको राजकीय भ्रमण गर्नुहुने बताउनुभएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान