नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

काठमाडौंको एक दिन

2019-10-10 16:41:21

    चीन र नेपाल सँगसँगै मिलेर कठिनाई जित्ने असल छिमेकी मुलुक हुन्। चीनले भ्याएसम्म नेपालको विकासको समर्थन गर्दै आएको छ। नेपालद्वारा “नेपाललाई समृद्धि पारौं, नेपालीहरुलाई सुखी बनाऔं” नारा प्रस्तुत गरिएपछि दुवै पक्षको संयुक्त प्रयासमा हिमाली क्षेत्रमा रहेको नेपाल समृद्धि हुँदै आएको छ।

    बिहान नौ बजे नेपालका युवक कृष्ण काठमाडौंस्थित चिनियाँ रेल कम्पनीको शाखामा काम गर्न घरबाट निस्कन्छन्। उनी एक अनुवादक हुन्।

    दिउँसो ११ बजे काठमाडौंको दरबार माध्यमिक विद्यालयका प्रमुख हेम चन्द्र महतो आफ्नो अस्थायी कार्यालयमा काम गरिरहेका छन्। काठमाडौंको दरबार माध्यमिक विद्यालयको निर्माण गर्ने चीनको शाङहाई निर्माण समूहले एउटा नयाँ अध्ययन भवनको निर्माण गरिरहेको छ। उहाँको नयाँ कार्यालय चालू वर्षको अन्त्यमा तयार हुनेछ।

    दिउँसो ३ बजे नेपालको राष्ट्रिय पौडी टोलीका प्रशिक्षक शंकर कार्कीले खेलाडीहरुलाई तालिम दिइरहेका छन्। नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय पौडी पोखरीको निर्माण सन् १९९८ मा चीन सरकारले गरेको थियो। सन् २०१५ को विनाशकारी भूकम्पबाट पौडी पोखरीमा क्षति पुगेको थियो। तथापि चिनियाँ रेल कम्पनीले अरु उच्च मापदण्ड बमोजिम यस पौडी पोखरीको जीर्णोद्धार गरिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान