नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

मानवअधिकार परिषदको सम्मेलनमा बहु मुलुकबाट चीनलाई समर्थन

2019-09-12 15:30:22 CRI

सेप्टेम्बर १०-११ आयोजित संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ४२ औं सम्मेलनमा धेरै मुलुक तथा गैर-सरकारी संगठनका प्रतिनिधिहरूले सिन्च्याङमा आतंकवाद विरोधी तथा उग्रवादी गतिविधि नियन्त्रणका क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूको प्रशंसा गर्दै हङकङका प्रदर्शनकारीहरूलाई हिंसा बन्द गर्न आह्वान गरेका छन्। साथै बाह्य शक्तिले हङकङ मामिलामा हस्तक्षेप गर्ने कार्यको पनि ती मुलुकहरूले विरोध गरेका छन्।

जेनेभाका लागि येमनका प्रतिनिधिले शिक्षा, विकास, गरिबी निवारण, आतंकवाद विरोधका क्षेत्रमा चीनले गरेको प्रयास विशेष गरी सिन्च्याङमा हासिल गरिएका उपलब्धिहरूको सराहना गरेका छन्।

लाओसका प्रतिनिधिले हङकङमा भएको जुलुसबाट हङकङको शान्ति, स्थिरता तथा अर्थतन्त्र गम्भीर रूपमा ध्वस्त पारिसकेको र हङकङमा सामान्य अनुशासनको पुनः स्थापना हुने आशा व्यक्त गरेका छन्। बेलारूसका प्रतिनिधिले हङकङ तथा सिन्च्याङ मामिला चीनकै आन्तरिक मामिला भएकाले कुनै पनि बाह्य शक्तिले ती मामिलामा हस्तक्षेप गर्ने गतिविधिलाई अस्विकार गरेको जनाएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान