नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनद्वारा कर थप गरिएको सामानको कर हटाइएको सूची सार्वजनिक

2019-09-11 19:25:18 CRI

चिनियाँ राज्य परिषदअन्तर्गत भंसार कर निर्धारण समितिले सेप्टेम्बर ११ तारिख अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये बढाएको भंसार कर हटाउने पहिलो सूची सार्वजनिक गरेकोछ। यो सूची सन् २०१९ सेप्टेम्बर १७ तारिखदेखि लागू हुनेछ।

सूचीको पहिलो भागमा संलग्न सामानमाथि असुलेको थप भंसार करलाई चीनले फिर्ता दिने छ। सम्बद्ध व्यवसायले उक्त सूची सार्वजनिक भएपछिका ६ महिनाभित्र सम्बन्धित चिनियाँ नियम वमोजिम भन्सारसामु आवेदन दिनुपर्छ। सूचीको दोस्रो भागमा समेटिएका सामानमाथि थप कर असुल्न बन्द हुनेछ तर असुलेको करको फिर्ता नहुने जनाइएको छ।

त्यसपछि चीनको राज्य परिषद भन्सार कर निर्धारण समितिले अमेरिकी उत्पादित वस्तुमाथि थप भन्सार कर असुल्ने सूचीलाई हटाइने काममा निरन्तरता दिँदै जाने छ र उचित समयमा कर हटाउने अरू सूची पनि सार्वजनिक गर्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान