नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चाइना मिडिया ग्रुपका निर्देशकद्वारा रोएटर्सका प्रमुख तथा एपीका उपप्रमुख बीच भेट

2019-09-11 09:10:06 CRI

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार मन्त्रालयका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङले सेप्टेम्बर १० तारिख पैचिङमा सन् २०१९ रेशमी मार्ग टेलिभिजन अन्तर्राष्ट्रिय सहकार्य एकरुपताको शिखर सम्मेलनमा सहभागी भएका रोएटर्सका प्रमुख फ्रिदनवर्ग तथा एपीका उपप्रमुख ब्राडसँग भेट गर्नुभएको छ।

    रोएटर्सका प्रमुख फ्रिदनवर्गसँगको भेटमा निर्देशक शनले समाचार आदानप्रदान गर्ने, बैकिङ सूचनाको साझा उपभोग गर्ने र महत्वपूर्ण घटनाको रिपोर्ट गर्ने सन्दर्भमा रोएटर्ससँग अझ घनिष्ट सहयोग गरी निष्पक्ष र आधिकारिक आवाजद्वारा अन्तर्राष्ट्रिय जनमतको विचारलाई सही दिशामा लैजान चाइना मिडिया ग्रुप इच्छुक रहेको औँल्याउनुभएको छ।

    एपीका उपप्रमुख ब्राडसँगको भेटमा निर्देशक शनले आगामी दिनहरूमा एपीसँगको सहकार्य र आदान-प्रदानलाई निरन्तर रुपमा गहन पार्नुका साथै चाइना मिडिया ग्रुपले आपसी हितयुक्त र साझा विजयको लक्ष्यलाई साकार तुल्याउँदै जाने पनि बताउनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान