नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको पहिलो खाडी क्षेत्र रेडियो सञ्चालनमा

2019-09-01 17:13:24

    चाइना मिडिया ग्रुपको युए काङ आउ बिशाल खाडी आवाजको प्रसारण सेप्टेम्बर १ तारिख बिहान ७ बजेतिर औपचारिक रुपमा शुरु भएको छ। जुन विशेषत: क्वाङ तुङ, हङकङ र मकाउ बिशाल खाडी क्षेत्रतर्फ प्रसारण गरिने चीनको पहिलो राष्ट्रिय रेडियो फ्रिक्वेन्सी हो। बिशाल खाडीको आवाज सम्बन्धी नयाँ मिडिया चौतारो पनि एउटै समयमा सञ्चालनमा आएको समाचार छ।

    अग्र खाडी क्षेत्र र अग्र जीवन नारा बोकेको उक्त युए काङ आउ बिशाल खाडी आवाजलाई छोटकरीमा बिशाल खाडी आवाज भनिन्छ। त्यस रेडियो युए काङ आउ बिशाल खाडी क्षेत्रमा रहेका क्वाङ तुङ प्रान्तको क्वाङ चौ, शन चन, चु हाइ, फो शान, ह्वै चौ, तुङ क्वान, चोङ शान, च्याङ मन, चाउ छिङ शहर हुनुका साथै हङकङ विशेष प्रशासनिक क्षेत्र र मकाउ विशेष प्रशासनिक क्षेत्रमा पनि प्रचलित रहेको छ।

    केन्द्रीय प्रचार-प्रसार मन्त्रालयका उपप्रमुख एवं राष्ट्रिय रेडियो टेलिभिजन मुख्यालयका प्रमुख ने छ्न सी, केन्द्रीय प्रचार-प्रसार मन्त्रालयका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङ, केन्द्रीय प्रचार-प्रसार मन्त्रालयका उपप्रमुख एवं केन्द्रीय इन्टरनेट र सूचना मन्त्रालयका प्रमुख च्वाङ रोङ वन, राज्य परिषद् अन्तर्गत हङकङ र मकाउ मामिला कार्यालयका उपप्रमुख ह्वाङ लिउ छ्युआन, चाइना मिडिया ग्रुपका उप निर्देशक येन स्याउ मिङ र क्वाङ तुङ प्रान्तीय समितिका स्थायी सदस्य एवम् प्रचार-प्रसार प्रमुख फु ह्वाले संयुक्त रुपमा उक्त बिशाल खाडी क्षेत्र आवाज तथा त्यसको नयाँ मिडिया चौतारोको शुभारम्भ गर्नुभएको छ।

    चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै युए काङ आउ बिशाल खाडी चीनको सबभन्दा खुलस्त र सबभन्दा ठूलो जिवन्त आर्थिक शक्ति बोकेको क्षेत्रमध्येको एक भएकाले नयाँ युगमा देशको ठूलो विकास हुने प्रक्रियामा त्यसको ज्यादै महत्वपूर्ण रणनीतिक स्थान रहेको औँल्याउनुभएको छ।

    चाइना मिडिया ग्रुप मातहतको विशेषतायुक्त प्रसारण चौतारोको रुपमा रही बिशाल खाडी क्षेत्र आवाजले चाइना मिडिया ग्रुपको “ फाइभ जी प्लस फोर के र एट के प्लस एआइ” रणनीतिक परियोजना बमोजिम सक्दो प्रयासमार्फत आधुनिक मिडियाको सिर्जना गर्दै जानेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान