नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सात मुलुक समूह शिखर सम्मेलन शुरु

2019-08-25 15:28:44

स्थानीय समय अगष्ट 24 तारिख दिउँसो सात मुलुक समूह शिखर सम्मेलन फ्रान्सको पश्चिम-दक्षिणी भागस्थित बियरिजमा शुरु भएको छ। विश्व व्यापार, जलवायु परिवर्तन, इरानको आणविक समस्यासम्बन्धी सम्झौता पत्रआदि समस्याहरूमा सदस्य मुलुकहरूको गम्भीर मतभेद रहेका कारण उक्त शिखर सम्मेलनमा सहभागी विभिन्न पक्षले शिखर सम्मेलनमा निश्चित गरिने मुख्य विषयवस्तुमाथि कम ध्यान दिएका छन्। जनमतले यस पटकको शिखर सम्मेलनको उपलब्धिप्रति आशावादी धारणा लिएको छैन।

सात मुलुक समूहको यस पटकको शिखर सम्मेलन अगष्ट 24 तारिखदेखि 26 तारिखसम्म चलिरहेको छ। उक्त शिखर सम्मेलनको मुख्य विषयवस्तु “असमानतासित लडाइँ गरौं” भन्ने रहेको छ। आयोजक मुलुक फ्रान्सका राष्ट्रपति इम्मानुअल माक्रोनले इजिप्ट, दक्षिण अफ्रिका, बुर्किनाफासो, सेनेगल, रुवान्डा गरी पाँच वटा अफ्रिकी साझेदार मुलुकका नेताहरू र भारत, अस्ट्रेलिया, चिली, स्पेनका नेताहरूलाई उक्त शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभयो। यस बाहेक, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, आर्थिक सहयोग तथा विकास संगठन र अफ्रिकी संघ, अफ्रिकी विकास बैंकका जिम्मेवार व्यक्तिहरू पनि उक्त शिखर सम्मेलनमा सहभागी भएका छन्।

फ्रान्सका राष्ट्रपति माक्रोनले हाल यस पटकको शिखर सम्मेलन सम्पन्न हुँदा सात मुलुक समूहका नेताहरूको संयुक्त विज्ञप्ति प्रकाशित नगर्ने कुरा बताउनुभयो। सात मुलुक समूहको इतिहासमा यो पहिलो पटक हो।

सम्बन्धित विश्लेषणअनुसार, फ्रान्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्न पछि हट्नुको कारण सदस्य मुलुकबीच इरानको आणविक समस्या सम्झौता पत्र, विश्व व्यापार, डिजिटल सेवा कर, जलवायु परिवर्तनको सामनाआदि महत्वपूर्ण विषयहरूमा गम्भीर मतभेद रहेकोले हो। यस पटकको शिखर सम्मेलन सुचारु रुपमा चल्नका लागि फ्रान्सका राष्ट्रपति माक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 24 तारिख मध्यान्ह बियरिज पुग्नुभएपछि अस्थायी रुपमा ट्रम्पसँग मध्यान्ह भोज गर्नुभयो। दुई घण्टाको समयमा माक्रोन र ट्रम्पले इरानको आणविक समस्या सम्झौता पत्र, डिजिटल सेवा कर, विश्व व्यापारआदि समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभयो।

माक्रोनले सात मुलुक समूहभित्रको मतभेदप्रति चिन्ता लिनुभएका बेला बियरिज नजिकै सात मुलुक समूह विरोधी गतिविधिले फ्रान्स सरकारलाई दवाव शक्ति थपिदिएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान