नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सम्बन्धित मुलुकले चीनको सर्वभौमिकता सम्मान गर्ने,सम्बन्धित समुद्री क्षेत्रको मेलमिलाप र शान्तिको संयुक्त रुपमा संरक्षण गर्ने चीनको आशा

2019-08-24 16:29:58

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अगष्ट 23 तारिख सम्बन्धित मुलुकले चीनको सर्वभौमिक अधिकार र व्यवस्थापन तथा नियन्त्रण अधिकारको सम्मान गर्ने, चीनसँग मिलेर सम्बन्धित समुद्री क्षेत्रको मेलमिलाप र शान्तिको संयुक्त रुपमा संरक्षण गर्ने आशा चीनले लिएको कुरा बताउनुभएको छ।

प्राप्त समाचार जनाइएअनुसार, भियतनामको विदेश मन्त्रालयका प्रवक्ताले अगष्ट 22 तारिख चीनको वैज्ञानिक अनुसन्धान जहाज र रक्षक जहाजले भियतनामको मातहत आर्थिक क्षेत्र पुनः फर्केर निरन्तर रुपमा गम्भीर उल्लंघन गरेको बताएका छन्। भियतनामले धेरै पटक चीनसँग कुराकानी गरेको र चीनसँग उक्त अवैधानिक कारवाही तुरुन्तै रुपमा रोक्न आग्रह गरेको छ। यसबारे प्रवक्ता कङ श्वाङले चालू वर्षको मे महिनामा भियतनामले चीनको विरोधको वेवास्ता गरी दक्षिणी चीन सागर समुद्री क्षेत्रमा एकतर्फी रुपमा तेल तथा ग्याँस उत्खनन गरेको र यो हाल समुद्री परिस्थितिको कारण भएको कुरा बताउनुभयो। कङले सम्बन्धित मुलुकले चीनको सर्वभौमिक अधिकार र व्यवस्थापन तथा नियन्त्रण अधिकार सम्मान गर्ने, चीनसँग मिलेर सम्बन्धित समुद्री क्षेत्रको मेलमिलाप र शान्तिको संयुक्त रुपमा संरक्षण गर्ने आशा चीनले लिएको कुरामा जोड दिनुभयो।

प्राप्त अर्को समाचारमा जनाइएअनुसार, अमेरिकी परराष्ट्र मन्त्रालयले अगष्ट 22 तारिख चीनले भियतनामलाई आफ्नो मातहत आर्थिक क्षेत्रमा तेल तथा ग्याँस विकासको गतिविधि गर्न निरन्तर रुपमा अवरोध गरेकोमा अमेरिकाले ध्यान दिएको कुरा बताएको छ। यसबारे कङले अमेरिकाको भनाईको उद्देश्य क्षेत्रीय शान्ति तथा स्थिरता भंग गर्नु हो, चीनले यसको दृढताका साथ विरोध गर्दछ, भन्नुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान