नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

स छ्वान-तिब्बत रेलमार्गको निर्माण सुचारु

2019-08-23 16:10:49

अगष्ट 20 तारिख “नयाँ युग, सिमावर्ती क्षेत्रको यात्रा” शीर्षकको कार्यक्रम ल्हासामा शुरु भएको छ। निर्माण भैरहेको स छ्वान-तिब्बत रेलमार्गमध्येको ल्हासा-लिन्ची भागको निर्माण सुचारु रूपमा चल्दैआएको छ।

स छ्वान-तिब्बत रेलमार्गमध्येको ल्हासा-लिन्ची भागको कुल लम्बाइ 435.48 किलोमिटर छ, सन् 2020को अन्त्यसम्म निर्माण पूरा हुने छ।

स छ्वान-तिब्बत रेलमार्गको कुल लम्बाइ 1838 किलोमिटर छ, शुरुवात बिन्दु स छ्वानको छङ तुमा छ भने अन्तिम बिन्दु तिब्बतको ल्हासामा छ। यो रेलमार्गको कुल लगानी दुई खर्ब पचास अर्ब चिनियाँ युआन छ, सन् 2026मा पूरा हुने अनुमान गरिएको छ।

थाहा भएअनुसार, स छ्वान-तिब्बत रेलमार्ग “विश्वको अभूतपूर्व परियोजना” र “हालसम्म मानव इतिहासमा सबैभन्दा जटिल रेल परियोजना” मानिएको छ।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान