नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अफ्रिकी विपन्न क्षेत्रमा “सपना पूरा गर्ने चिनियाँ स्वयंसेवकहरु”

2019-08-23 10:51:32

    सपना पूरा गर्ने सार्वजनिक कल्याणकारी संगठनको गठन पाँच जना चिनियाँ युवा स्वयंसेवकले सन् २०१४ मा केन्याको मसारेको विपन्न क्षेत्रमा गरेको थियो। हाल उक्त संगठनमा सयौंको संख्यामा स्वयंसेवकहरू आबद्ध भएका छन्। यी स्वयंसेवकहरुले अफ्रिकाको विपन्न क्षेत्रमा गएर स्थानीय किशोर-किशोरीहरूको सपनालाई पूरा गर्न सहयोग गरेका छन्।

    सन् २०१६ देखि सपना पूरा गर्ने सार्वजनिक कल्याणकारी संगठनले मसारेका प्राथमिक विद्यालय तथा माध्यमिक विद्यालयहरुसँगै मिलेर फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ। त्यसका अतिरिक्त, सपना पूरा गर्ने सार्वजनिक कल्याणकारी संगठनले मसारेमा चार वटा विद्यालयको स्थापना गरिसकेको छ। यसका साथै “निशुल्क दिवा खाना परियोजना”ले केन्या, टान्जानिया,युगाण्डा तथा मालावी लगायतका ६ अफ्रिकी मुलुकमा ४८६२ जना बाल-बालिकालाई निशुल्क दिवा खाना प्रदान गरिन्छ। यसका साथै चित्र प्रदर्शनी तथा युवा तालिम सम्बन्धी परियोजनाहरू पनि सञ्चालित छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान