चिनियाँ वाणिज्य मन्त्रालयले 21 तारिख छिङताउमा बहुराष्ट्रिय निगमका नेतागण शिखर सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा वाणिज्य मन्त्री छ्यान ख मिङले हालसम्म विश्वका पहिला पाँच सय व्यवसायहरूमध्ये लगभग 4 सय 90ले चीनमा लगानी गरेको जानकारी दिनुभएको छ।
विश्वका पहिला पाँच सय व्यवसायहरूमध्ये अधिकांशले चीनमा लगानी गर्ने कुराबाट तिनीहरूलाई चीनको विकसित भविष्यबारे विश्वास लागेको पुष्टि गरिएको छ। साथै यसबाट चीनले अर्थतन्त्रको विश्वव्यापीकरण प्रवृत्तिसँग अनुकूल भएर उद्योग श्रृंखला र मूल्य श्रृंखलाको प्रतिस्पर्धामा गहिरो रूपमा भाग लिएको देखिन्छ। खुलापनलाई निरन्तर विस्तृत पार्नुका साथै लगानी तथा व्यापारको स्वतन्त्रता तथा सुविधालाई बढाएका हुनाले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने क्षेत्रमा चीनसँग झन् झन् बढी श्रेष्ठता हुनेछ।