नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

जन गणतन्त्र चीनको स्थापनापछि शान तुङ प्रान्तको विशाल विकास

2019-08-20 15:50:28

    शान तुङ प्रान्त जन गणतन्त्र चीनको स्थापनाअघि विपन्न थियो। हाल नयाँ चीनको स्थापनापछि शानु तुङ प्रान्त चीनभरि नै विकासको नमूना बन्दै आएको छ। शानु तुङ प्रान्तको कूल गार्हस्थ उत्पादन मात्रा निरन्तर चालीस वर्षसम्म समस्त चीनको अघिल्लो तीन स्थानमा रहेको छ। सन् २०१६ देखि शान तुङ प्रान्तको तेस्रो उद्योग (सेवामूलक) को भागले दोस्रो उद्योग (औद्योगिक) लाई नाघेर त्यसको कूल गार्हस्थ उत्पादन मात्रामध्ये आधा भाग ओगटेको छ। गत वर्षको जुन महिनामा यसै प्रान्तमा शाङहाई सहयोग संगठन छिङ ताउ शिखर सम्मेलनको आयोजना गरिएको थियो। शानु तुङले विश्वका मुलुकहरु बीचको आर्थिक तथा मानविय आदान-प्रदानलाई सबल पारेको छ।

    यी तस्बीरहरुमा यान थाईको वान ह्वा रासायनिक समूह अन्तर्गत केन्द्रीय अनुसन्धान प्रतिष्ठानमा वैज्ञानिकहरु परीक्षण गरिरहेका छन्,त्यसै गरी छिङ ताउ बन्दरगाहमा रहेका केन्टेनरहरु र वान ह्वा यान थाई औद्योगिक उद्यानको आकाशे दृश्य देख्नसकिन्छ ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान