नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

उद्योग र रोजगारलाई प्रवर्द्धन गर्नका लागि हङकङ विशेष प्रशासनिक क्षेत्रका कदमहरु

2019-08-16 17:11:22

    हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको बित्त विभागका प्रमुख छन माउ पो र अन्य आर्थिक तथा व्यापारिक जिम्मेवार व्यक्तिले अगष्ट पन्ध्र तारिख पत्रकार सम्मेलन आयोजना गर्दै हङकङको पछिल्लो आर्थिक अवस्था र उद्योगी तथा नागरिकको समर्थन सम्बन्धी शृङ्खलाबद्ध कदम सार्वजनिक गर्नुभएको छ। थाहा भएअनुसार सन् २०१९ मा हङकङको पूरै वर्षको वास्तविक बृद्धि दरको पूर्वानुमान ० वा १ प्रतिशतसम्म घट्नेछ। आर्थिक बृद्धि घट्ने जोखिमको सामना गर्नका लागि सरकारले उद्योग र बासिन्दाको समर्थन सम्बन्धी सातवटा कदम लागू गर्नेछ।

    उद्योगको समर्थन र रोजगारको प्रत्याभूति गर्नका लागि केही सरकारी शुल्क रद्द गर्ने,केही सरकारी भाडा रकमलाई घटाउने,तालिम योजना चलाउने आदि कदम लागू हुने भएका छन्। साथै हङकङ विशेष प्रशासनिक क्षेत्रले सात कदमले स्थानीय बासिन्दाको जीवन बोझलाई हटाउने छ। उदाहरणका लागि केही कर भुक्तानीलाई हटाउने,सामाजिक सुरक्षा रकमलाई थप गरिने,कम आम्दानी भएका जनसमूहलाई भाडा रकम हटाउने वा निःशुल्क बनाउने आदि छन्।

    पूर्वानुमानअनुसार यी कदमका लागि १९ अर्ब १० करोड हङकङ डलर प्रयोग गरिने छ। जसबाट हङकङको अर्थतन्त्रलाई ०.३ प्रतिशतले बढाउने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान