नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको राष्ट्रिय अर्थतन्त्र उचित परिधिमा

2019-08-14 17:09:12

    गत जुलाई महिनामा चीनको अर्थतन्त्र निरन्तर रूपमा उचित परिधिमा चलेको राष्ट्रिय तथ्याङ्क व्यूरोले अगष्ट १४ तारिख सार्वजनिक गरेको छ। चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रेस प्रवक्ता लिउ आइह्वाले अर्को चरणमा चीनले नविन सबल पार्दै बजारको जीवन्त शक्तिलाई उत्तेजित पारेर अर्थतन्त्रको स्वस्थ तथा स्थिर विकासको प्रवर्द्धन गर्दै जाने प्रकाश पनि पार्नुभएको छ।

    प्रेस प्रवक्ता लिउका अनुसार, चीनमा उत्पादन उद्योग तथा उच्च प्रविधि उद्योगमा लगानीको बृद्धि प्रवृत्ति पनि राम्रो भइरहेको छ। साथै चालू वर्षको जनवरी-जुलाई महिनासम्म सेवारत उद्योगको द्रुत गतिले बृद्धि भएको र आधुनिक सेवा उद्योगको विकासमा राम्रो प्रवृत्ति देखा परेको छ। साथै सोही अवधिमा चीनमा रोजगारी परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको छ जुन सम्पूर्ण चीनमा थप रोजगारीको संख्या ८६ लाख ७० हजार पुगेको । सम्पूर्ण वर्षको रोजकारी योजनाको लगभग ८० प्रतिशत कामलाई पूरा गरिसकेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान