नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन-अमेरिका उच्चस्तरीय व्यापार वार्ताका प्रमुखहरूबीच टेलिफोन वार्ता

2019-08-14 16:01:59

    अगष्ट १३ तारिख बेलुकी अमेरिकाको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य, उप प्रधानमन्त्री एवं चीन-अमेरिका सर्वाङगीण आर्थिक वार्तामा चिनियाँ पक्षका प्रमुख लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइहाइजर तथा अमेरिकी अर्थमन्त्री स्टिभन म्नुचिनसँग टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोनमा आउने सेप्टेम्बर १ तारिखदेखि चीनबाट अमेरिका निर्यात हुने वस्तुमाथि भन्सार कर असुल्ने अमेरिकी निर्णयबारे चिनियाँ पक्षले अमेरिकासँग गम्भीर कुरा गरेको छ। आगामी २ हप्तामा दुई पक्षबीच फेरि एक पटक टेलिफोन वार्ता हुने सहमति भएको छ। चीनका वाणिज्य मन्त्री चुङ शान, चिनियाँ जन बैंकका गभर्नर यी काङ, राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख निङ चिचले सो टेलिफोन वार्तामा भाग लिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान