नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चौथो चीन-भारत सञ्चार शिखर मञ्च पैचिङमा आयोजित

2019-08-13 19:22:20

    चिनियाँ सार्वजनिक कूटनीतिक संस्थाद्बारा आयोजित चौथो चीन-भारत सञ्चार शिखर मञ्च हिजो अगष्ट बाह्र तारिख पैचिङमा सम्पन्न भयो। भारतका लागि पूर्व राजदूत एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता सुन यु सीले चीन र भारत छिमेकी मुलुक रहेको उल्लेख गर्दै द्बिपक्षीय सम्बन्ध राम्रो आधार रहेको बताउनुभयो। उहाँले दुवै मुलुकका सञ्चार माध्यमले आदान-प्रदान र सहयोगलाई सबल पार्ने कुरामा जोड दिनुभयो।

    चाइना मिडिया ग्रुप, पिपुल्स डेली अखबार, चाइना डेली अखबार, टाइम्स अफ इण्डिया अखबार, भातरीय अमर उजाला अखबार, हिन्दुस्तान टाइम्स अखबार, रिपब्लिक टिभी भिओन आदि चिनियाँ र भारतीय मुख्य सञ्चार माध्यमहरुका प्रतिनिधिहरु यस पटकको मञ्चमा सहभागी भएका छन्। प्रतिनिधिहरुले राजनीतिक र आर्थिक रणनीतिक पारस्परिक विश्वास वृद्धि, दुई मुलुका व्यक्तिहरुको भावना वृद्धि, अवसरलाई समाएर नयाँ सञ्चार माध्यमबाट दुवै मुलुकको आदान-प्रदानलाई बढाउने आदि विषयबारे गहन रुपमा छलफल गरेका छन्।

    भारतका लागि पूर्व राजदूत एवं चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता सुन यु सीले चीन र भारतसँग लामो इतिहास रहेको बताउँदै आपसी प्रभाव गहिरो रहेको बताउनुभयो। उहाँले आर्थिक विकास, जनजीवनलाई सुधार गर्न जिम्मेवार रहेको औँल्याउनुभयो। चिनियाँ र भारतीय सञ्चार माध्यमले दुवै मुलुकका जनताबीच मैत्रीपूर्ण आदान-प्रदानमा पुलको काम गरेको प्रवक्ता सुनले बताउनुभयो।

    भातरीय अमर उजाला अखबार भारतीय उत्तरी भागको मुख्य हिन्दी भाषाको अखबार हो। सो अखबारको मुख्य सम्पादक विनोद अग्निहोत्रीले भारत र चीन बीचको मैत्री सम्बन्ध लामो रहेको बताउँदै भारत र चीनले सहयोग गरेकोमा एसियाली तथा विश्वको शान्ति र विकासका लागि हित हुने बताउनुभयो। उहाँले २१ औँ शताब्दी चीन र भारतको शताब्दी रहेको भन्दै यदि दुवै मुलुकले सहयोग गरेकोमा झन् बढी विकास हुने उल्लेख गर्नुभयो।

    चीनका परराष्ट्र मन्त्री वाङ यी र भारतीय विदेश मन्त्री सुब्राहमान्यम जइशंकर चौथो चीन-भारत सञ्चार माध्यम शिखर मञ्चको समापन समारोहमा सहभागी हुनुभएको छ। परराष्ट्र मन्त्री वाङ यीले दुवै मुलुकका जनताको मित्रतालाई बढाउने र जानकारी दिने सञ्चारमाध्यमले महत्वपूर्ण पुलको काम गरेको भन्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै मुलुकका सञ्चार माध्यम बीचको आदान-प्रदानलाई उच्च ध्यान दिनुभएको औँल्याउनुभयो। उहाँले दुवै मुलुकका नेताका सहमतिलाई चौतर्फी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सञ्चार माध्यम बीचको सहयोगले चीन र भारत बीचको सहयोगमा सकारात्मक उर्जा थप्ने बताउनुभयो। दुवै मुलुकका सञ्चार माध्यमले चिनियाँ कथा र भारतीय कथालाई राम्ररी बताउने भन्दै चीन र भारत बीचको सम्बन्धलाई बढाउन नयाँ योगदान दिने पनि औँल्याउनुभयो।

    भारतीय विदेश मन्त्री जइशंकरले सञ्चार माध्यमको भूमिका धेरै महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान