नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा-4

2019-06-05 14:36:21 CRI

मुमा बडामहारानी छी सीको नेतृत्वमा रहेको सुधार नचाहने हठी सरकारले सुधारमाथि दमन गरेर पाँच वर्षपछि फेरि तथाकथित “नयाँ नीति” लागू गर्यो। उक्त “नयाँ नीति”का अतिरिक्त राजनीतिमा नयाँ सरकारी विभागको गठन गर्नुका साथै अनावश्यक अधिकारी बर्खास्त र अधिकारीहरूको व्यवस्था गर्यो। अर्थतन्त्रमा वाणिज्य र उद्योगको प्रोत्साहन गर्नुका साथै मार्ग, खनिज, कृषि, उद्योगलगायत विविध कम्पनीको स्थापना गरेर सिंचाई कार्य र कृषि विकास गर्यो। सैन्य क्षेत्रमा अनावश्यक सैनिक कटौती गर्नुका साथै नयाँ सेनाको अभ्यास गरी नयाँ परीक्षण र तालिम तरिकाको प्रयोग गर्यो। शिक्षामा पुरानो शिक्षा तथा परीक्षण तरिका रद्द गर्नुका साथै विदेशी ज्ञानको प्रोत्साहन गरी धेरैपटक विद्यार्थीलार्इ विदेशमा पठायो।

ती नयाँ नीतिहरूले सामन्ती आधिकारिक शासनमा कुनै परिवर्तन नल्याउनुका साथै चीनलाई समृद्धि तथा बलियो पनि बनाउन सकेको थिएन। साथै जसले थपेको कर र शुल्कले सर्वसाधारणमाथि बोझ बढाएको थियो।

19औं शताब्दीको अन्तिम समयमा चीनमा “यी ह थ्वान”नामक आन्दोलन सुरू भयो। “यी ह थ्वान” चीनको शान तुङ, ह नान र ह पै क्षेत्रमा फैलिएको लोक गोप्य संगठन थियो। “यी ह थ्वान”का मुख्य सदस्यहरू गरिब किसान, शिल्पकार, साना व्यापारी र यातायात मजदूरहरू थिए। उक्त संगठनले “छिङ सरकारलार्इ सहयोग गर्ने र विदेशको विरोध गर्ने” नारा सार्वजनिक गर्यो। सन् 1900 “यी ह थ्वान” राजधानी नजिकै क्षेत्रमा फैलियो। मुमा बडामहारानी छी सीले “यी ह थ्वान”को प्रयोग गरेर विदेशको विरोध गरेर दुवै पक्षको शक्ति कम्जार पार्ने योजना गरेकी थिइन्। त्यसैले छिङ सरकारले “यी ह थ्वान”लार्इ वैधानिक संगठन स्वीकार गर्यो। जसरी “यी ह थ्वान”का सदस्यहरूले पैचिङ र थ्यान चिनमा प्रवेश गरे। विदेशीसँगको द्वन्द्व बढेका हुनाले “यी ह थ्वान”का समर्थकहरूले दूतावास क्षेत्र र केही चर्चमाथि घेराबन्दी गरे। संघर्षमा केही मिसनरीको हत्या पनि भएको थियो।

चीनका लागि विभिन्न देशका राजदूतहरूले बैठक गरेर तत्काल थ्यानचिनमा तैनाथ आठ मुलुकका सेनाले गठबन्धन गरेर पैचिङमाथि आक्रमण गर्ने निर्णय गरे। उक्त गठबन्धन सेनामा एकजना बेलायती लेफ्टिनेन्ट जनरल प्रमुख हुनुका साथै अर्का अमेरिकी कर्नेल उपप्रमुख भए।

जुन महिना 21 तारिख छिङ सरकारले विभिन्न देशसँग युद्ध गर्ने घोषणा गर्यो। जुलार्इ महिनाको 19 तारिख राति चिन्तित मुमा बडामहारानी छी सीले आठ देश गठबन्धन सेनाले पैचिङमा प्रवेश गरेको सूचना पाइन्। 21 तारिख विहान सबेरै मुमा बडामहारानी छी सी र सम्राट क्वाङ स्युलगायत राज्य परिवारले सामान्य पोशाक लगाएर घोडामा चढी राजधानीबाट अन्यत्रै भागे। राजपरिवार र सुरक्षाकर्मीहरूले सी आन शहरमा पुगेपछि मुमा बडामहारानी छी सीले उच्च पदाधिकारीलार्इ विदेशसँग शान्ति-वार्ता गर्न पठाए।

सो अवसरमा मुमा बडामहारानी छी सीले सम्राटको नामद्वारा आत्म-आलोचना गर्नुका साथै सक्दो प्रयासमा विदेशलाई संतोष बनाउने निर्णय गरिन्।

यस्तो अवस्थामा सन् 1901 अगष्ट 15 तारिख “सिन छौ सन्धि” पूरा गर्यो। उक्त सन्धिअनुसार, चीनले विदेशलार्इ 45 करोड चाँदी तिर्नुपर्यो। यो रकम 12 वर्षमा छिङ सरकारको कूल राजस्व थियो। जसबाट चीन पूर्ण रूपमा अर्ध-सामन्तवादी तथा अर्ध- औपनिवेशिक बन्यो। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान