नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रूसी राष्ट्रपति पुटिन बीचको भेटघाटको क्षण

2019-06-04 16:57:27

    यही जुन ५ तारिख दोस्रो पटक चिनियाँ राष्ट्राध्यक्षको पद सम्हाल्नुभएका सी चिन फिङले यस पदावधिमा रुसको पहिलो भ्रमण गर्नुहुने कार्यक्रम छ। वितेका ६ वर्षमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको भेटघाट २८ पटक भइसकेको छ।

    सन् २०१३ को मार्चमा चीनका राष्ट्राध्यक्षमा निर्वाचित भएपछि सी चिन फिङले भ्रमण गर्नुभएको देश रुस हो।

    सन् २०१४ को नयाँ वर्षको उपलक्ष्यमा सी चिन फिङले रुसको सोचिमा आयोजित हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो।

    सन् २०१४ को सेप्टेम्बर ११ तारिख सी चिन फिङले दुशानबेमा रुसी राष्ट्रपति पुटिन तथा मंगोलियाका निवर्तमान राष्ट्रपति एलबेगदोरजसँगै चीन,रुस तथा मंगोलिया तीन मुलुकका राष्ट्रनायक बीचको पहिलो भेट-वार्ताको आयोजना गर्नुभयो।

    सन् २०१५ को मे ९ तारिख सी चिन फिङ तथा उहाँकी श्रीमती फङ लि युआन र पुटिन लगायत नेताहरुसँग लाल चोकमा आयोजित सैनिक परेड समारोहमा उपस्थित हुनुभएको थियो।

    सन् २०१ ६मा “चीन-रुस असल छिमेकीपन मैत्रीपूर्ण सहयोगात्मक सन्धि”सम्पन्न भएको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा सी चिन फिङले पैचिङमा पुटिनसँग भेटवार्ता गर्नुभएको थियो।

    सन् २०१७ को मे १४ तारिख सी चिन फिङले पैचिङस्थित त्याउ यु थाई राष्ट्रिय अतिथि होटेलमा “बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पुटिनसँग भेट-वार्ता गर्नुभएको थियो।

    सन् २०१८ को जुन ८ तारिख सी चिन फिङले बृहत्त जन सभा भवनमा पुटिनलाई“मित्रता गौरवान्वित तक्मा”प्रदान गर्नुभयो।

    सन् २०१९ को अप्रिल २६ तारिख असल मित्र सी चिन फिङको उपस्थितिमा छिङ ह्वा विश्वविद्यालयले पुटिनलाई मनार्थ डाक्टर डिग्री प्रदान गरेको थियो।

    बाली टापूमा आयोजित एपेक शिखर सम्मेलनको अवधिमा पुटिनको ६१औं जन्मदिवस थियो। सी चिन फिङले उहाँका लागि जन्मदिवस केक तयारी पार्नुभएको थियो।

    सन् २०१८ मा पुटिनको चीन-भ्रमणको अवधिमा सी चिन फिङ तथा पुटिनले एक्सप्रेस रेलमार्ग चढेर थेन चिनमा चीन र रुसका किशोरहरु बीचको आइसबल प्रतियोगिताको अवलोकन गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान