तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

“हिमड्रागन” नामक वरफ फोड्ने प्रविधियुक्त जहाज चीनको समुद्री क्षेत्रमा प्रवेश

2019-03-07 10:59:09

    मार्च ६ तारिख “हिमड्रागन” नामक वरफ फोड्ने प्रविधियुक्त जहाजले चीनको दक्षिणी ध्रुवको ३५ औं वैज्ञानिक सर्भेक्षण टोलीका सदस्यहरुलाई बोकेर चीनको दक्षिण चीन सागरको यात्रा शुरू गरेको छ। ६ दिनपछि सो जहाज शाङहाईमा अवस्थित ध्रुवीय क्षेत्रको वैज्ञानिक सर्भेक्षणको घाटमा पुग्ने अनुमान छ।

    यस पटकको वैज्ञानिक सर्भेक्षणको अवधिमा चिनियाँ सदस्यहरुले दक्षिणी ध्रुवको कठीन वातावरण तथा “हिमड्रागन” बरफ पहाडसँग ठोकेपछि आई परेका धेरै समस्याको समाधान गरी प्रशस्त महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ।

    यी फोटोहरुमा “हिमड्रागन” नामक वरफ फोड्ने प्रविधियुक्त जहाजले चीनको दक्षिण चीन सागरमा यात्रा गरिरहेको, जहाजबाट देखिएको सूर्यास्तको शानदार दृश्य तथा वैज्ञानिक सदस्यहरुले दक्षिणी ध्रुवमा चीनको पहिलो परियोजनाको निर्माण गरिरहेका देख्न सकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान