नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

शाङहाईद्वारा युगको प्रवाहमा उभिएर सुधार र खुलापनको नयाँ यात्राको आरम्भ

2019-02-12 09:56:47 CRI

    महान युगमा विचारधाराको निर्देशन हुनुपर्छ। साथै महान कार्य सञ्चालनका लागि पनि केन्द्रीय शक्तिको निर्देशन हुनु जरूरी छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशन भएयता दुई अधिवेशनको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले देश भरिका विभिन्न दलसम्म पुगेर प्रतिनिधि र सदस्यहरुसित वैचारिक आदान-प्रदान गर्नुका साथै‍ महत्वपूर्ण निर्देशन पनि दिनुभएको छ।

    वसन्त चाडको लामो बिदा पछिको पहिलो दिन शाङहाईले वाणिज्य सञ्चालन वातावरणलाई अझ सुधार पार्ने कार्य सम्मेलनको आयोजना गरेको छ।

    महासचिव सी चिन फिङको निर्देशन बमोजिम शाङहाईले अन्तर्राष्ट्रिय मापदण्डसित अनुकूल हुने प्रक्रियालाई बढाउँदै आएको छ।

    बितेका केही वर्षयता बन्दरगाह वरिपरिको मोटर गाडी व्यवसायको संख्या बढ्दै गएको सिलसिलामा अझ पूर्ण क्षमता सहित व्यावसायिक प्रणाली पनि द्रुत गतिले बन्दै आएको देखिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान