नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ वसन्त चाडको अवधिमा उपभोग्य बजारको शक्ति

2019-02-11 18:57:17

आज फेब्रुअरी 11 तारिख परम्परागत चिनियाँ पात्रोअनुसार वसन्त चाडको सुनौलो सातापछि पहिलो कार्य दिन हो। विदामा उपभोक्ताले गरेको खर्च प्रकाशित हुन थालेका छन्। विगत एक सातामा चीनको खुद्रा विक्री र खानपान व्यवसायको विक्री रकम 10 खर्ब चिनियाँ युआनभन्दा बढी पुगेर सन् 2018 को भन्दा 8.5 प्रतिशत बढेको छ। वसन्त चाडमा यात्रा गर्नेहरुको संख्या 41 करोड 50 लाख पुगेर गत वर्षको तुलनामा 7.5 प्रतिशतले बढेको छ। यही अवधिमा पर्यटकले यात्रामा 5 खर्ब 13 अर्ब 90 करोड चिनियाँ युआन खर्च गरेका छन्। यो गत वर्षको सोहि अवधिको तुलनामा 8.2 प्रतिशतले वृद्धि भएको हो।

विश्वमा संरक्षणवाद विकासको अनिश्चितता बढ्ने पृष्ठभूमिमा चिनियाँ वसन्त चाडको उपभोग बजारले विदेशी सञ्चार माध्यमलाई समेत आश्चर्य बनाएको छ। यी तथ्याङ्कबाट चीनको ठूलो बजार क्षमता, बलियो आर्थिक कठोरता र सर्वसाधारणको आत्मविश्वासिलो धारणा देखाएको छ।

पछिल्लो प्रकाशित चिनियाँ नव वर्षको विदामा उपभोक्ताको सूचकाङ्कले चिनियाँ अर्थतन्त्रको स्वास्थ्य तथा स्थिर विकास हुने आधारभूत अवस्थामा कुनै परिवर्तन नभएको र उच्च गुण-स्तरीय विकासलाई समर्थन दिने उत्पादन कारक सर्तमा कुनै परिवर्तन नभएको देखाउँदै दीर्घकालमा स्थिरताका साथ राम्रो प्रगतितर्फ मुख्य प्रवृत्तिमा कुनै परिवर्तन नभएको फेरि एकपटक पुष्टि गरेको छ। चीन निरन्तर रूपमा विश्व आर्थिक वृद्धिको बलियो इन्जिन हुनेछ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान