नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् 2019 को वसन्त चाडमा यात्रा गर्नेहरुको खर्च 5 खर्ब चिनियाँ युआनभन्दा बढी

2019-02-11 15:46:22

चिनियाँ पर्यटन अनुसन्धान केन्दका विभिन्न सांस्कृतिक तथा पर्यटन विभाग, दूरसञ्चार संचालक र अनलाइन यात्रा सेवा प्रदायकको संयुक्त तथ्याङ्क अनुसार, सन् 2019 को वसन्त चाडको अवधिमा चीनमा यात्रा गर्नेको संख्या 41 करोड 40 लाख पुगेर गत वर्षको सोहि अवधिको तुलनामा 7.6 प्रतिशतले बढेको छ। जसबाट पर्यटकीय आम्दानी 5 खर्ब 13 अर्ब 90 करोड चिनियाँ युआन पुगेर गत वर्षको तुलनामा 8.2 प्रतिशतले बढेको छ। यसबाट चिनियाँ संस्कृति र पर्यटन बजार समृद्ध बन्दै गएको देखिन्छ।

वसन्त चाडको अवधिमा यात्रा गर्नु नयाँ चलन बनेको छ। साथै सो अवधिमा संग्रहालय, कला ग्यालरी, पुस्तकालय तथा विज्ञान संग्रहालय र ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकको अनुपात क्रमशः 40.5, 44.2, 40.6 र 18.4 प्रतिशत रहेको छ।

सन् 2019 मा विश्वव्यापी रूपमा चिनियाँ वसन्त चाडको प्रभाव क्रमशः बढ्दै गएको छ। 1 सय 33 मुलुक तथा क्षेत्रका 3 सय 96 शहरमा 1 हजार 5 सयभन्दा बढी वसन्त चाडसम्बन्धी प्रदर्शनी र मेलाको आयोजना गरिको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान