नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पाकिस्तानी प्रधानमन्त्रीद्वारा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रतिवद्धता

2019-02-11 15:11:14

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिजो फेब्रुअरी दश तारिख संयुक्त अरब इमिरेट्स दुबईमा पाकिस्तानको बित्तीय घाटा कम हुँदैआएको र पाकिस्तान आर्थिक उदयबारे तयार भइसकेको बताउनुभएको छ। उहाँले पाकिस्तानी सरकारले विदेशी लगानीकर्ताका लागि लगानीको राम्रो वातावरण उपलब्ध गराउने र सम्पदाको संयुक्त रुपमा सिर्जना गर्ने कुरा बताउनुभएको छ।

इमरान खानले सोही दिन सातौं विश्वका सरकारहरूको शिखर सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभयो। उहाँले पाकिस्तानले आर्थिक सुधार योजनाको तर्जुमा गरेको, विदेशी कम्पनीलाई पाकिस्तानतर्फ लगानी गर्न प्रोत्साहन गरेको र पर्यटकीय बजार खोल्ने प्रतिबद्धता गरेको बताउनुभयो।

थाहा भएअनुसार, तीन दिने सातौं विश्वका सरकारहरूको शिखर सम्मेलन दश तारिख दुबईमा शुरु भएको छ। एक सय चालीस वटा मुलुक तथा क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका चार हजार प्रतिनिधि उक्त सम्मेलनमा सहभागी भएका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान