नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्षकी श्रीमती र फिनल्याण्डका राष्ट्रपतिकी श्रीमतीबीच आदानप्रदानमा

2019-01-16 16:57:49

    चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ्ग ली युआनले हिजो जनवरी 15 तारिख फिनल्याण्डका राष्ट्रपतिकी श्रीमती जेनी हौकियोसँग पैचिङ्गमा सांगितिक कविता कार्यक्रमको अवलोकन गर्नुभएको छ। हिजो दिउँसो श्रीमती फङ्गले थ्यान आन मन नजिक छ्यान मनमा रहेको पैचिङ्ग फाङ्ग पेज वान अर्थात् ये यी थाङ्ग किताव पसलमा श्रीमती हौकियोलाई हार्दिक स्वागत गर्नुभएको छ। दुई प्रथम महिलाहरुले सो किताब पसलमा विभिन्न विषयका पसलको जानकारी आदानप्रदान गर्नु भएको छ। अग्लो तथा ठूलो किताबको पर्खाल अगाडि दुवै प्रथम महिलाले संयुक्त रुपमा फोटो खिच्नुभएको छ। श्रीमती फङ्गले श्रीमती हौकिओलाई छ्यान मनको ता श लान क्षेत्रको इतिहास र पुननिर्माण अवस्थाको जानकारी दिनुभएको छ।

    ये यी थाङ्ग किताब पसलको तेस्रो तलमा दुवै प्रमथ महिलाले चिया खाँदै पैचिङ्ग विदेशी भाषा अध्ययन विश्वविद्यालय र चीनको संगीत शिक्षालयद्वारा आयोजित रमाइलो प्रदर्शनीको अवलोकन गर्नुभएको छ। फिनिश मेजर विषयका विद्यार्थीहरुले श्रीमती हौकिओद्वारा रचना गरिएको कविता पढेका छन्। सांगितिक कार्यक्रमले जनताको मनलाई घनिष्ट बनाउँदै चीन र फिनल्याण्डबीचको मैत्रीपूर्ण सम्झना सिर्जना गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान