नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

रेशमी मार्गका नामी व्यक्तिद्वारा चीनको आतंकवाद प्रतिरोधी उपलब्धिको प्रशंसा

2019-01-12 16:10:06

चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिएको सातौं रेशमी मार्गका नामी व्यक्ति गतिविधि 10 तारिखदेखि चीनको सिन्च्याङमा पूर्ण रुपमा शुरु भएको छ। टर्की, इजिप्ट, अफगानिस्तान, पाकिस्तान, बंग्लादेश र श्रीलंका लगायत जम्मा 6 वटा बेल्ट एण्ड रोडका सम्बद्ध मुलुकका नामी सञ्चार-माध्यमका पत्रकारहरूले सिन्च्याङ युगुर स्वायत्त प्रदेशको मुख्य आतंकवादी मुद्दा प्रदर्शनीको अवलोकन गरेका छन्। उनीहरूले आतंकवाद मानव जातिको साझा शत्रु हो भन्दै विभिन्न मुलुकहरूले घनिष्ट सहयोग गरेर संयुक्त रुपमा सामना गर्नुपर्ने ठहर गरेका छन्। ती पत्रकारहरूले चीन सरकारको सशक्त कदमको उच्च मूल्याङ्कन गर्नुका साथै सिन्च्याङले दीर्घकालीन शान्ति र स्थिरतालाई कायम राख्नसक्ने आशा पनि व्यक्त गरेका छन्।

आतंकवाद विरोधी संघर्षको जटिल परिस्थितिको सामना गर्न र विभिन्न जातिका जनताको जीउधनको सुरक्षा गर्नका लागि चीन सरकारले सशक्त र प्रभावकारी कदम चालेर कानुन बमोजिम हिंसात्मक आतंकवादमाथि प्रहार गर्दै आएको छ। हाल सिन्च्याङमा लगातार 25 महिनासम्म हिंसात्मक आतंकवादी घटना उत्पन्न भएको छैन। त्यहाँको सामाजिक सुरक्षा अवस्था स्पष्टसँग राम्रो बनेको छ भने धार्मिक चरंमपन्थीको फैलावटलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गरिएको छ। बेल्ट एण्ड रोडका सम्बद्ध मुलुकका पत्रकारहरूले आतंकवाद विरुद्ध चीन सरकारको प्रयासको उच्च सराहना गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान