नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

२६ वर्षदेखि तिब्बतको कूल गार्हस्थ उत्पादन वार्षिक वृद्धि दर १०% भन्दा बढी

2019-01-11 16:36:47

जनवरी १० तारिख चीनको तिब्बत स्वायत्त प्रदेशको ११औं जनकांग्रेस अन्तर्गत दोस्रो बैठकबाट थाहा भएअनुसार, सन् २०१८ मा तिब्बतको क्षेत्रीय कूल उत्पादन मात्रा १ खर्ब ४० अर्ब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको तुलनामा १०% ले वृद्धि भएको छ। सिन्व्हा समाचार समितिले जनाएअनुसार इतिहासमा गएको २६ वर्षदेखि तिब्बतको क्षेत्रीय कूल उत्पादन मूल्य वार्षिक वृद्धिदर १०% भन्दा बढी कायम राख्दैजाने देखिन्छ।

गएको केही वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले जनताको पूर्ण समर्थन तथा प्रयास गरेकाले तिब्बतको आर्थिक विकासमा निरन्तर रूपमा नयाँ प्रगति भएको देखिन्छ। चीनको "१३औं पञ्च" वर्षीय योजनामा तिब्बतको लागि निर्माण परियोजना पहिलाको १८९ वटाबाट १९७ वटासम्म पुगेको छ। यी परियोजनाको लगानी १खर्ब ८४अर्ब १०करोड चिनियाँ युआन पुगेको छ।

गतवर्ष चीनको सछ्वान प्रान्तदेखि तिब्बतसम्मको रेलमार्ग परियोजना पूर्ण रूपमा शुरू भइसकेको छ भने तिब्बतको ल्हासादेखि लिन चि शहरसम्मको रेल मार्गको निर्माण कार्यपनि तीव्र गतिमा भैरहेको छ। हाल तिब्बतले "१३औं पञ्च" वर्षिय योजनाबाट १ खर्ब ९४ अर्ब ४० करोड चिनियाँ युआनका परियोजनाहरू पूरा गरिसकेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान