नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनमा वाणिज्य कारोबार वातावरणमा सुधार

2018-11-09 16:44:08

वाणिज्य कारोबार वातावरण व्यवसायको जिवन्त शक्ति र सिर्जनशील क्षमतासँग सम्बन्धित रहेको मात्र नभई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिको महत्वपूर्ण सूचकाङ्क पनि हो। चीनका विविध मन्त्रालयका पदाधिकारीहरूले नोभेम्बर 9 तारिख चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित नीतिको ब्याख्या कार्यक्रममा वाणिज्य कारोबार वातावरणको नीतिगत रुपमा ब्याख्या गरेका छन्।

केही वर्षयता चीनले विविध कदम चालेर निरन्तर रुपमा वाणिज्य कारोबार वातावरणलाई सुधार गर्दै आएको छ। चीनको राष्ट्रिय विकास र सुधार परिषद्का उप महासचिव चौ स्याउ फैले 9 तारिख सम्बद्ध नीति र कदमद्बारा सकारात्मक प्रगति प्राप्त गर्नुका साथै उपलब्धि पनि स्पष्टसँग देख्न थालिएको जानकारी दिनुभएको छ।

यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीनमा नयाँ थपिएको विदेशी लगानीद्बारा सञ्चालित व्यवसायको संख्या 45 हजार 9 सय 22 रहेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 95 दशमलब 1 प्रतिशतले बृद्धि भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान